बेलायती प्रधानमन्त्रीले छोरालाई दिए आफ्नो ज्यान बचाउने डाक्टरको नाम
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्डसले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलास जोन्सन राखेका छन् ।
आफ्नो हजुरबुवा र जोनसन कोरोनाभाइरसको संक्रमणपछि अस्पताल रहँदा आफ्नो उपचार गर्ने दुई डाक्टरको नाम आफ्नो छोरालाई दिएको साइमन्डसले शनिबार इन्सटाग्राममार्फत जानकारी दिएकी हुन् ।

उनले इन्सटाग्राममा छोरासहितको तस्विर राख्दै यसबारे जानकारी दिएकी छिन् । उनले गत बुधबार विल्फ्रेडलाई जन्म दिएकी थिइन् । उनले आफ्नो प्रसूति गराउने युनिभर्सिटी कलेज लण्डन अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन् । कोरोनाभाइरसको उपचारपछि जोनसन आइसीयूबाट डिस्चार्ज भएको केही दिनमा नै साइमन्डसले विल्फ्रेडलाई जन्म दिएकी थिइन् ।
छोराको नाममा ‘विल्फ्रेड’ प्रम जोन्सनको हजुरबुवाको नामबाट, ‘लरी’ आफ्नो हजुरबुवाको नामबाट र ‘निकोलास’ प्रम जोन्सनको ज्यान बचाउने डा. निक प्राइस र डा. निक हार्टबाट राखिएको उनले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण