बेलायती प्रधानमन्त्रीले छोरालाई दिए आफ्नो ज्यान बचाउने डाक्टरको नाम

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्डसले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलास जोन्सन राखेका छन् ।
आफ्नो हजुरबुवा र जोनसन कोरोनाभाइरसको संक्रमणपछि अस्पताल रहँदा आफ्नो उपचार गर्ने दुई डाक्टरको नाम आफ्नो छोरालाई दिएको साइमन्डसले शनिबार इन्सटाग्राममार्फत जानकारी दिएकी हुन् ।
उनले इन्सटाग्राममा छोरासहितको तस्विर राख्दै यसबारे जानकारी दिएकी छिन् । उनले गत बुधबार विल्फ्रेडलाई जन्म दिएकी थिइन् । उनले आफ्नो प्रसूति गराउने युनिभर्सिटी कलेज लण्डन अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन् । कोरोनाभाइरसको उपचारपछि जोनसन आइसीयूबाट डिस्चार्ज भएको केही दिनमा नै साइमन्डसले विल्फ्रेडलाई जन्म दिएकी थिइन् ।
छोराको नाममा ‘विल्फ्रेड’ प्रम जोन्सनको हजुरबुवाको नामबाट, ‘लरी’ आफ्नो हजुरबुवाको नामबाट र ‘निकोलास’ प्रम जोन्सनको ज्यान बचाउने डा. निक प्राइस र डा. निक हार्टबाट राखिएको उनले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल
-
शिक्षकहरूलाई लचिलो बन्न शिक्षामन्त्रीको आग्रह