मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने ‘च्याप्टर क्लोज’, बामदेवलाई उपयुक्त समयमा प्रधानमन्त्री बनाइने

शनिबार, २० वैशाख २०७७, २० : ४८
शनिबार, २० वैशाख २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ।  शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय खासै नउठेको बताइएको छ । 

यसअघि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको हो । 
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
उनले विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए । 

उनले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको उनको भनाइ छ । 

यस्तै उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि उनले बताए ।  बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप