बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक सुरु

शनिबार, २० वैशाख २०७७, १८ : ०४
शनिबार, २० वैशाख २०७७

काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो । 

बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए भने प्रधानमन्त्री र राष्ट्रपतिबीच समेत भेटवार्ता भएको थियो । 

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनापछिको प्रधानमन्त्री बामदेव गौतमलाई बनाउने र तेस्रो अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रस्ताव गरेका थिए । योसहित पार्टीभित्रका विवाद समाधानका विषयमा गम्भीर छलफल बैठकमा हुने बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप