बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीहरु खेलमा फर्कन त्रसित छन् : अगुएरो

शनिबार, २० वैशाख २०७७, १७ : २२
शनिबार, २० वैशाख २०७७

म्यान्चेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले कोरोनाभाइरसको महामारीबीच खेलाडीहरु पुनः मैदानमा फर्कन त्रसित रहेको बताएका छन् । आगामी जुन ८ गतेदेखि प्रिमियर लिग पुनः सञ्चालन गर्ने तयारी गरिदै छ भने १८ मेदेखि खेलाडीहरु पूर्ण प्रशिक्षणमा फर्कनुपर्नेछ । क्लबहरु कहिलेदेखि लिग पुनः सञ्चालन गर्ने बारेमा छलफलमा रहेका छन् ।

‘अधिकांश खेलाडीहरु त्रसित छन् किनभने उनीहरुको बालबच्चा र परिवार छ,’ ३१ वर्षीय अगुएरोले भने ।

अर्जेन्टिनाको टिभी स्टेसन एल चिरिन्गुइटोसँग कुरा गर्दै उनले भने, ‘म पनि त्रसित छु । तर यहाँ म मेरो प्रेमिकासँग छु र म अन्य मानिसहरुको सम्पर्कमा आएको छैन । मैले आफूलाई घरमा नै बन्द गरेको छु र मैले मेरो प्रेमिकाबाहेक अरुलाई संक्रमण गर्ने सम्भावना छैन ।’

‘कोरोनाभाइरसको संक्रमण भए पनि लक्षण नभएका मानिसहरु छन् भनिदैछ । ममा लक्षण नदेखिए पनि मैले अरुलाई संक्रमित गर्न सक्छु । त्यही भएर म घरमा नै बसिरहेको छु,’ उनको भनाइ थियो, ‘सायद म पनि संक्रमित हुन सक्छु तर मलाई थाहा छैन ।’

खेलमा फर्किएपनि अगुएरो आफ्नो साथीहरु थप सावधान हुने जिकिर गरे ।

यो सिजन ९२ खेल बाँकी रहेको छ । र, आगामी मार्च १३ सम्मका लागि लिग स्थगित गरिएको छ ।

लिग सुरु गरिए पनि सबै खेल खाली स्टेडिममा खेलाइने तयारी गरिएको छ । जसमध्ये केही खेलहरुलाई पैसा नतिरेर पनि टिभी हेर्न दिइने चर्चा छ ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप