लोकतान्त्रिक व्यवस्थामा ओलीको अलोकतान्त्रिक चरित्र
-योगेन्द्र रावल
इतिहासको विभिन्न कालखण्डमा नेपाल देशले भिन्न–भिन्न राज्य व्यवस्थाहरु प्रयोग गरिसकेको छ्र । मुख्यतः निरंकुश पन्चायती व्यवस्था, जहाँनिया राणा शासन, परिवारवादमा लिप्त राजतन्त्र असफल सिद्ध भैसकेपछि जनताको लामो संघर्ष र बलिदानिबाट नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छ्र ।
यी व्यवस्था असफल हुनको पछाडि त्यो बेलाका शासकहरुको व्यक्तित्व नै प्रमुख कारण बनेको देखिन्छ्र । व्यक्तिको व्यक्तित्वले राजनीतिमा ठूलो प्रभाव पारेको हुन्छ्र ।
विस १९०३ देखि २००७ साल सम्मको समयमा राणाहरुले नेपालमा पारिवारिक शासन गरेको इतिहास छ । त्यस समयमा राणाहरु भाइ भाइहरुमा प्रधानमन्त्रीको पद सार्दै जाने प्रचलन थियो । देशका मुख्य शक्तिशाली पदहरुमा राणा खानदानको हैकमी शासन थियो । त्यसबेला देश राणाको इसारामा चल्थ्यो,राणाले जे चाह्यो त्यही हुन्थ्यो ।
जसरी राणा शासनमा राणाहरुले जे भन्यो त्यहीँ हुन्थ्यो त्यसरी नै लोकतान्त्रिक गणतन्त्रमा केपी ओली पार्टीभित्र होस् वा पार्टी बाहिर राज गर्न चाहान्छन् । उनी अरु कसैको नाम सुन्न चाहँदैनन् । आफ्ना वरिपरी अरु कोहि देख्दैनन्,देख्छन् त केवन ओनी र यति समूह’ ।
हिजो पञ्चायतकालमा राणाहरुले राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा अरुलाई जसरी कडा बन्देज लगाउँथे, ठीक त्यसरी नै लोकतान्त्रको बागडोर समालेका ओली नेकपा भित्र सचिवालय होस् वा स्थायी कमिटी–पार्टीका सबै संरचनामा हस्तक्षेप गर्न उद्दत देखिन्छन् ।
पार्टीभित्रैै स्थायी कमिटी बैठक बोलाउन समेत मोर्चाबन्दी गर्नुपर्ने परिस्थिति निर्माण भइ बहुमत सदस्यको हस्ताक्षर गर्नुपर्ने अवस्था बनेको देखिन्छ । योभन्दा बढी लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रको भद्दा मजाक अरु के हुन सक्छ ? त्यो पनि प्रधानमन्त्रीको कुर्सीबाट ।
२००७ सालमा राणा शासनको अन्त्य हुँदै प्रजातन्त्रको स्थापना भएता पनि २०१५ सालमा भएको संसदीय चुनावबाट निर्वाचित सरकारलाई २०१७ पौष १ गते दिनदहाडै तत्कालीन राजा महेन्द्रबाट अपदस्त गर्दै पन्चायती शासन स्थापना गरि राजनीति दल प्रतिबन्ध गरिए भने जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, उनको मन्त्री मण्डलका सदस्य, संसद, राजनैतिक दलका नेता तथा कार्यकर्तालाई रातारात पक्राउ गरियो र जेल हालियो ।
राजनैतिक दलका नेताहरु, राजकाज र राजद्रोह लगायतका मुद्दाहरूमा लामो समय जेल बसे । ठीक त्यसरी नै पञ्चायती शैलीमा गणतन्त्र नेपालका प्रधानमन्त्री ओली आफ्ना आलोचकहरुलाई जेल हाल्न उद्धत छन् । उनी कसैले रेडियोमा बोलेकै भरमा कार्वाही गर्छन् । टेलिभिजनमा दिएको अन्तर्वार्ता हेर्न सकैनन् । पत्रपत्रिकामा छापिएका समाचार पढ्न सक्दैनन् । लोकतान्त्रिक मुलुकमा फरक मत राख्ने राजनैतिक दललाई प्रतिबन्ध लगाउँछन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले विद्यार्थीका पुस्तकको पहिलो पृष्ठमा मेरो राजा मेरो देश प्राण भन्दा प्यारो छ भनी लेखे जस्तै ओली बिजुलीको पोलपोलमा आफ्नो तस्बिर झुण्ड्याउदै नयाँ युगको सुरुवात भनी डम्फु बजाउँछन् । यस्तो ओली मनोबिज्ञानले जसरी हिजो पञ्चायतले नेपाल र नेपालीमाथि हमला गर्यो त्यसरी नै हाम्रा दिनचर्यामा निरन्तर–निरन्तर हमला गरिरहेको छ्र ।
विश्व कोरोनाको महामारीसँग वारपार लडाई लडिरहेको बेला आफ्नो भूमिका र आसिन प्रधानमन्त्री पदको औचित्य समेत भुलेका ओली राजनैतिक दल र संवैधानिक परिषदसम्बन्धी विधेक ल्याइ बेमौसमी बाजा बाजाउँदै उभिए ।
आफ्नो पार्टीभित्रैबाट अल्पमतमा परेपछि उनले बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने कार्ड फालेका छन् ।
नेकपालाई गुटहरुको मञ्च बनाइ आफू प्रमुख बक्ता बन्न उद्दत ओली पार्टीभित्र बहुमत र अल्पमतको खेलमा व्यस्त छन् । संकटको बेला प्रधानमन्त्रीले खेल्नुपर्ने भूमिकाका बिषयमा अनभिज्ञ देखिन्छन् ।
पार्टीभित्रको संकटमा जसरी ओली आफ्नै सहकर्मीहरुको साथ चाहान्छन् त्यसरी नै कोरोनाको महामारीमा जनता प्रधानमन्त्रीको साथ चाहान्छन् । नेताले बोलेका कुराहरु रेकर्ड रहन्छन् भन्दै उनले दुईबर्ष भित्र घर–घरमा ग्यासको पाइपलाइन, केरुङ– काठमाडौं रेल, हावाबाट बिजुली, ध्वाजाबाहक नेपाली पानीजहाज बनाउछु भन्दै अभिव्यक्ति दिएका थिए । अझ मिति तोकेरै पानीजहाजको टिकट काट्न आउनु भन्दै निमन्त्रणा दिएका ओलीको त्यो अभिव्यक्ति अहिले पनि ामाजिक संजालमा भाइरल छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अन्त्यबाट हामी निकै टाढा छौँ, जनताले सामान्य स्वास्थ्य सेवा समेत पाउन सकेका छैनन् भन्ने तथ्यांक दिन्छ भने अर्कोतर्फ प्रधानमन्त्री ओलीमा गम्भीरता देखिँदैन बरु उनी ‘अब आँसु खसाउनु पर्दैन’ भन्ने कविता कोरेर हल्का बन्दैछन् ।
नेपालीहरु कोरोना भाइरसको संक्रमणबाट कम जोखिममा हुन सक्छन् तर ओली मनोबिज्ञानको उच्च जोखिममा छन् । अहिले ओली प्रधानमन्त्री भएको हैसियतले उनको पहिलो काम समग्र राष्ट्रको अभिभावकीय भूमिका निर्वाह गर्नु हो भने पार्टी अध्यक्ष भएको हैसियतले पार्टीलाई बलियो बनाएर अघि लैजाने जिम्मेवारी पनि हो । तर यी दुबै काममा उनी असफल देखिन्छन् ।
अन्य पार्टीलाई समेत मिलाएर सँगै हिडाउने दायित्व बोकेका ओलीले आफ्नै सांसद प्रयोग गरेर अपहरण शैलीमा जनता समाजवादी पार्टीका संसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याउन लगाए । हिजो पञ्चायतकालमा काँग्रेसले लोकतन्त्र ल्याउनका लागि दिनदहाडै वीरगंजबाट काठमाडौं उड्दै गरेको शाही सरकारको विमान अपहरणकै शैलीमा लोकतान्त्रिक गणतन्त्रमा एउटा संसद अपहरण गर्नुले लोकलाई हसाएको छ्र ।
हिजो तत्कालीन राजा ज्ञानेन्द्रको जहाँनिया राजतन्त्र ढाल्न शाही सरकारकै प्रधानमन्त्रीको कुर्सीमा बसेर तत्कालीन कांग्रेस सभापति एवम् प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले राजतन्त्रलाई सधैका लागि बिदाइका हात हल्लाउँदै आजको संघीय लोकतान्त्रिक व्यवस्था निर्माण गरे, अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले यो व्यवस्थालाई नै चुनौति दिँदै त छैनन् ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत