मस्कको एउटा ट्वीटले टेस्ला कम्पनीको मूल्य १० अर्ब डलरले घट्यो, आफैलाई ३ अर्ब डलर घाटा
![मस्कको एउटा ट्वीटले टेस्ला कम्पनीको मूल्य १० अर्ब डलरले घट्यो, आफैलाई ३ अर्ब डलर घाटा](https://rpcdn.ratopati.com/media/albums/_110720290_104763989-gettyimages-855370098-elon-musk_BFmwrv873N.jpg)
टेस्लाका संस्थापक एलन मस्कले आफ्नै कम्पनीको शेयर मूल्य अति नै धेरै भएको ट्वीट गरेपछि कम्पनीको मूल्य १० अर्ब डलरले घटेको छ । उनको ट्वीटपछि लगानीकर्ताहरु कम्पनीबाट पछि हटेका थिए जसले गर्दा उनी आफैलाई पनि ३ अर्ब डलरको घाटा लागेको छ ।
‘मेरो विचारमा टेस्लाको शेयर मूल्य निकै उच्च छ,’ उनले ट्वीटमा भनेका थिए । लगातार ट्वीट गरेका उनले आफ्नो सबै सम्पत्ति बेच्नेदेखि आफ्नो प्रेमिका आफूसँग क्रुद्ध रहेको सम्म लेखेका थिए ।
Tesla stock price is too high imo
— Elon Musk (@elonmusk) May 1, 2020
यसरी मस्कको ट्वीटको कारण कम्पनीलाई घाटा भएको यो पहिलो अवसर भने होइन । सन् २०१८ मा न्युयोर्कको स्टक बजारमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनी विवादमा तानिएका थिए । जसमा नियामक निकायले उनलाई २ करोड डलर जरिवाना तिराएका थिए भने कुनै ट्वीट गर्न अघि वकिललाई देखाएर मात्र प्रकाशित गर्ने सहमति गरेका थिए ।
My gf @Grimezsz is mad at me
— Elon Musk (@elonmusk) May 1, 2020
सन् २०१८ मा मस्कले आफूले टेस्लालाई स्टक बजारबाट हटाउनका लागि लगानी प्राप्त गरेको उल्लेख गरेपछि कम्पनीको शेयर मूल्यमा उतारचढाव देखिएको थियो । यो घटनापछि सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनले उनलाई जरिवाना तिराउनुको साथै यस्तो फेरि हुन नदिन उनको ट्वीटमा नियन्त्रण गर्न आदेश दिएको थियो ।
वाल स्ट्रीट जर्नलका अनुसार उसले अर्बपति मस्कलाई ‘सो ट्वीट जिस्केर लेखेको वा अरुले नै लेखेको हो ?’ भनेर सोधेको थियो । जसमा उनले मात्र ‘होइन’ भन्ने जवाफ दिएका थिए ।
टेस्लाको सेयर मूल्य यो वर्ष निकै वृद्धि भएको थियो । जसले गर्दा विद्युतीय कार निर्माता कम्पनीको मूल्य १ खर्ब डलर नजिक पुगेको थियो । यो कोशेढुंगा पुगेको भए मस्कले करोडौँ डलर बोनसको रुपमा पाउने थिए ।
३.३४ करोड फलोअर्स भएका मस्कले गत हप्ता कोरोनाभाइरसका कारण घरमा बस्नुपर्ने नीतिको कडा आलोचना गरेका थिए । सन् २०१९ मा पनि ट्वीटका कारण उनी अदालतसम्म पुग्नुपरेको थियो ।
स्रोत : बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा