शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमा सुरक्षालाई चुनौती दिँदै भारतको पञ्जाबबाट दुुई जना युवक पुगे रौतहट

शुक्रबार, १९ वैशाख २०७७, २० : १४
शुक्रबार, १९ वैशाख २०७७

रौतहट  । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले गतचैत ११ गतेदेखि अगामी २५ गतेसम्म लकडाउनलाई निरन्तरता दिएको छ ।

कोरोना संक्रमित मध्ये अधिकांस बिरामी बिभिन्न चोरबाटो हुँदै भारतबाट नेपाल आएको पुष्टी भएपछी सिमानामा थपकडाई गरिएको छ । 

भारत बाट कुनैहालतमा चोरबाटो हुँदै कोही मानिस लकडाउनको अवधिमा नेपाल प्रवेश नगरुन भने उदेस्यका साथ सिमानामा नेपाल प्रहरी,सशस्त्र प्रहरीको तैनाथी बढाईएको छ । 
तर सबै सुरक्षा निकायलाई चुनौती दिँदै दुईजना युवा रौतहटको कटहरिया सम्म आइपुगेका छन् । 

भारतको पञ्जाब राज्यमा कमाउन गएका २ कटहरिया नगरपालिकाका दुुईजना युवाहरु शुक्रवार साइकिल चलाएर आइ पुगेका हुन् । लकडाउनको समयमा पञ्जाब मै उनीहरु फसेपछि जेनतेन चोर बाटो प्रयोग गरि कटहरिया आइ पुगेको बताएका छन् । 

साइकिल चलाएर १२ औं दिनमा  कटहरिया नपा वार्ड नम्बर ५ का विवेक यादव र वार्ड नम्बर ८ बलुआ टोलका जुना यादव आएका छन् । हामीहरु ८ जना पंजाब बाट घर आइरहेका थियौं २ जना नेपाल आउन सफल भयौ बाँकि ६ जना लाइ भारतिय प्रहरीले भारत बिहार घोडासहनको कवारेनटाइनमा राखेको पञ्जाबबाट आएका विवेक साह सोनारले बताएका छन् ।

साइकल सिमानामै छोडेर दुबैजना युवक आएको खबर सुन्ने बितिकै उनीहरुलाई घरमा जान नदिएर क्वारेन्टाइमा पठाएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप