मे दिवसमा प्रधानमन्त्री ओलीको कविताः नेपाली मन अब फुट्दैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको अवसरमा कविता लेखेका छन् । प्रधानमन्त्री ओलीले देश र जनतासँगको भावनासँग सामिप्यता गाँसेर उक्त कविता लेखेका छन् ।
–केपी शर्मा ओली (प्रधानमन्त्री)
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।
०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची-काली पहाड-तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।
०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।
मे १, २०२० बिहान २:३० बजे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण