नितुलाई आफ्नी प्रेमिकाका लागि प्रेमपत्र लेख्न लगाउँथे ऋषि कपूर
एजेन्सी : लामो समयदेखि क्यान्सरबाट पीडित बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधन भयो । हरेक कदममा श्रीमानको ख्याल राख्दै आएकी नितु कपूर अहिले शोकमा डुबेकी छिन् ।
यो जोडी बलिउडमा निकै उदारणीय मानिन्छ । नितु सधैँ छायाजस्तै ऋषि कपूरको साथमा रहन्थिन् । नितु र ऋषि कपूरको प्रेम सम्बन्ध निकै चाखलाग्दो रहेको छ ।
ऋषि कपूरले बलिउडमा ‘बाँबी’ बाट डेब्यु गरेका थिए । उनको फिल्मको शुरुवाती वर्षहरुमा उनको कपालको स्टाइल र लुक्सले धेरै युवतीहरुलाई दिवाना बनाएको थियो । यसैबीच, उनको पहिलो फिल्मकी अभिनेत्री डिम्पल कपाडियासँग अफेयरको हल्ला समेत चलेको थियो ।
ऋषि कपूर र नीतुको पहिलो भेट सन् १९७४ मा भएको थियो । उक्त समयमा ऋषि कपूरको फिल्म ‘जहरीला इंसान’ को शुटिङ चलिरहेको थियो । त्यो समय नीतु १५ वर्षकी थिइन् । फिल्मको सेटमा उनीहरुको भेट भयो । दुवै एकअर्काका साथी भए । निकै गहिरो दोस्ती भयो । सेटमा ऋषिले नितुलाई निकै सताउँथे । उनीहरुबीच निकै झैझगडा पनि हुने गथ्र्यो तर त्यही रिस प्रेममा परिणत भयो ।
नितुसँग भेट हुनुभन्दा पहिले ऋषिकी अर्की प्रेमिका थिइन् । उनको प्रेमिका उनीसँग रिसाइरहन्थिन् । प्रेमिका रिसाएको बेला ऋषिले नितुलाई प्रेमिकाको लािग प्रेमपत्र लेख्न लगाउँथिन् । यसैकारण पनि नितु र ऋषि निकै नजिक आए । धेरै समय एकअर्कासँगै बिताउन थाले । दुवैले एकसाथ फिल्ममा पनि काम गर्न शुरु गरे । र, अन्ततः उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो ।
उनीहरुले सन् १९८० जनवरी ११ मा धुमधामसँग विवाह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद