शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुरी र असिनापछि रौतहटका किसानमाथि अज्ञात समुहको कहर

शुक्रबार, १९ वैशाख २०७७, ०९ : ४३
शुक्रबार, १९ वैशाख २०७७

रौतहट । लकडाउनको अवधिमा पटक–पटक वर्षा हावाहुरी असिनाको कहर खेपेका रौतहटका किसानमाथि अज्ञात समुहले थप आघात थपिदिएका छन् । मौलापुर नगरपालिका वडा–८ स्थित एक जना किसानले व्यवसायीक रुपमा ठूलो क्षेत्रफल जग्गामा लगाएको तरकारी बाली अज्ञात समुहले नष्ट गरेका हुन् ।

मौलापुर–८ सोनरनिया गाँउछेउमा स्थानीय किसान रामेश्वर पण्डितले व्यवसायीकरुपमा ८ कठ्ठा जग्गामा लगाएको हाइब्रिड करेला र लौकाको बिरुवा अज्ञात समुहले नष्ट गरेका छन् ।

रामजानकी फलफूल नर्सरीले लगाएको ८ कठ्ठामा रहेको करेला र छेउमै रहेको दुुईसय ५० बोट फलिरहेको लौकाको बिरुवा गत राति अज्ञात समुहले उखेलेर नष्ट गरेको पीडित किसान पण्डितले जानकारी दिएका छन् ।

तरकारीका बिरुवा उखेलेकाले झण्डै १२ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । फल्ने समयमा बिरुवा नष्ट गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुुको साथै सरकारसँग उनले क्षतीपुर्तीको माग गरेका छन् ।

ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख ईन्सपेक्टर राकेश यादवले प्रहरीले घटनास्थल निरीक्षण गरिसकेको र थप अनुुसन्धान गरिरहेकाले केही समय भित्रै अपराधी पक्राउ हुने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप