अस्पतालमा रेकर्ड गरिएको भिडियोमा लर्बरिएको आवाजमा ऋषि कपुरले भनेका थिए, ‘मिहिनेतपछि पाइन्छ सफलता’
नाम र सफलता मिहिनेतपछि मात्रै पाइन्छ... यो भिडियो सन्देश हो बलिउड अभिनेता ऋषि कपुरको । यो भिडियो अब सोसल मिडियामा भाइरल भइरहेको छ । सोसल मिडियामा भाइरल भएको यो भिडियो फेब्रुअरी २०२० को हो । अस्पतालमा भर्ना भएका ऋषि कपुरसमक्ष डीके सानू नामका व्यक्तिले रेकर्ड गरेका थिए । यसलाई ऋषि कपुरको अन्तिम भिडियो भनेर भाइरल गरिएको छ ।
क्यान्सरसँग जुधिरहेका ऋषि कपुरको बिहिबार बिहान पौने ९ बजे निधन भयो । बेलुकी साढे ४ बजे मुम्बईको चन्दनवाडी श्मशान घाटमा उनको अन्तिम संस्कार गरियो । यतिबेला उनकी श्रीमती नीतू, छोरा रणबीर कपुर, करिना कपुर, सैफ अली खान, अभिषेक र ऐश्वर्या बच्चन उपस्थित थिए । ऋषिको निधनमा श्रीमती नीतूले अन्तिम समयसम्म पनि उनले मानिसहरुलाई हँसाइरहेको बताइन् ।
जीवनभरीका लागि अविष्मरणीय बन्यो यो पाठः
यो भिडियोमा ऋषि लर्बरिएको स्वरमा भनिरहेका छन्, ‘मेरो आशीर्वाद तिमीलाई छ । धेरै सफल हुनु, मिहिनेत गर । हेर, चर्चा, नाम यी सबै मिहिनेत पछि आउँछन् । जबसम्म मिहिनेत र थोरै भाग्यले साथ दिनेछ रुखमा फल आफसेआफ लाग्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा