कोरोनाभाइरस चीनको ऊहानस्थित एक प्रयोगशालाबाट सुरु भयोः ट्रम्प

एकातिर अमेरिकी गुप्तचर एजेन्सीले कोरोनाभाइरसलाई जानीजानी पैदा गरिएको होइन भनेको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरस चीनको ऊहान शहरको एक प्रयोगशालामा विकसित गरिएको दाबी गरिरहेका छन् ।
बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई एक पत्रकारले सोधे, ‘कोरोनाभाइरस ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ कसरी भनिरहनुभएको छ ? के तपाईंसँग यसको प्रमाण छ ?’
यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘पक्कै पनि, मसँग छ । मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठनले चीनको प्रचार–प्रसारको जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो । डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ ।’
ट्रम्पले भने, ‘तर मलाई चीनले यस्तो जानीजानी गर्यो वा गल्तीपूर्वक गर्यो, त्यो थाहा छैन । या कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्यो । मानिसहरुलाई हुबेईबाट चीनको अन्य स्थानमा जान रोक लगाइएको थियो तर संसारभरी यात्रा गर्न भने छुट थियो । म यस्तो कुरा बुझ्दििनँ । चीनभरी मानिसहरुको आवतजावतमा प्रतिबन्ध थियो तर संसारभरी यात्रा गर्न कसैलाई पनि केही प्रतिबन्ध थिएन । जे भयो त्यो निकै खराब भयो । यो निकै कठिन प्रश्न हो र यसको जवाफ भेटिन बाँकी नै छ ।’
कोरोनाभाइरसकाकारण संसारभरी हालसम्म ३३ लाख बढी व्यक्ति संक्रमित छन् भने २ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?