केन्द्रीय संस्करण

कोरोनाभाइरस चीनको ऊहानस्थित एक प्रयोगशालाबाट सुरु भयोः ट्रम्प

person explore access_timeबैशाख १९, २०७७ chat_bubble_outline0

एकातिर अमेरिकी गुप्तचर एजेन्सीले कोरोनाभाइरसलाई जानीजानी पैदा गरिएको होइन भनेको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरस चीनको ऊहान शहरको एक प्रयोगशालामा विकसित गरिएको दाबी गरिरहेका छन् ।

बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई एक पत्रकारले सोधे, ‘कोरोनाभाइरस ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ कसरी भनिरहनुभएको छ ? के तपाईंसँग यसको प्रमाण छ ?’

यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘पक्कै पनि, मसँग छ । मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठनले चीनको प्रचार–प्रसारको जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो । डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ ।’

ट्रम्पले भने, ‘तर मलाई चीनले यस्तो जानीजानी गर्यो वा गल्तीपूर्वक गर्यो, त्यो थाहा छैन । या कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्यो । मानिसहरुलाई हुबेईबाट चीनको अन्य स्थानमा जान रोक लगाइएको थियो तर संसारभरी यात्रा गर्न भने छुट थियो । म यस्तो कुरा बुझ्दििनँ । चीनभरी मानिसहरुको आवतजावतमा प्रतिबन्ध थियो तर संसारभरी यात्रा गर्न कसैलाई पनि केही प्रतिबन्ध थिएन । जे भयो त्यो  निकै खराब भयो । यो निकै कठिन प्रश्न हो र यसको जवाफ भेटिन बाँकी नै छ ।’

कोरोनाभाइरसकाकारण संसारभरी हालसम्म ३३ लाख बढी व्यक्ति संक्रमित छन् भने २ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.