बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अछामको आइसोलेसनमा रहेका एक जना बिरामीको मृत्यु

बिहीबार, १८ वैशाख २०७७, २१ : ११
बिहीबार, १८ वैशाख २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको अस्पतालमा एक जनाको मृत्यु भएको छ । संक्रमणको लक्षण देखिएर आइसोलेसन वार्डमा भर्ना भइ उपचार भइरहेको बेला उनको मृत्यु भएको जनाइएको छ ।

सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोभिड–१९ को मिडिया ब्रिफिङ्गमा सो कुरा जनाएको हो ।

उनको स्वाबको नमुना पीसीआर जाँचको लागि सुख्र्रेत पठाइएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  बताए ।

विभिन्न अस्पतालको आइसोलेसनमा ३ जनाको उपचार भइरहेको छ भने ११४ जना उपचारपछि घर गइसकेको उनले बताए । 

आजसम्म पीसीआरबाट २ हजार ८५२ जनाको स्वाब संकलन गरी २८ सय जनाको जाच गरिएको पनि उनले बताए ।

यसमध्ये २ हजार ७९५ जनाको नेगेटिभ आएको र ५२ जनाको अझै नतिजा आउन बाँकी रहेको उनले वताए ।

यस अघि ५ जनामा कोरोनाभाइरसको संक्रमण पोजिटिभ थियो भने सो मध्ये ४ जना निको भइ घर गईसकेका छन भने १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अबस्था पनि सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

आरडीटी किटबाट १३ हजार ५८४ जनाको परीक्षण गरिएका मध्ये सबैको रिजल्ट नेगेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख कार्की ले जानकारी दिएका छन ।

१७७६ जना क्वारेन्टाइनमा छन् जसमध्ये १४६८ पुरुष र ३०८ जना महिला रहेको उनले बताए ।

अझै ५ हजार २४१ आरडिटी किट स्टक रहेको उनले बताए । दार्चुला सीमा नाकामा रोकिएका १२५० जना र बैतडी सिमानाकामा रोकिएका ८०० नेपाली नागरिक लाई  चेक जाँच गरी नेपाल ल्याएको सामाजिक विकास मनत्रालयले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने काम पनि भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप