प्रधानमन्त्री ओलीद्वारा इजरायलका राष्ट्रपतिसँग संवाद
बिहीबार, १८ वैशाख २०७७, २० : १७
प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषयमा बुझेएका छन् । प्रधानमन्त्री ओलीसँगको आजको वार्तामा इजरायलका राष्ट्रपति रिभलिनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन आग्रह गरे ।
“आज मेरो इजरायका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखे”, प्रधानमन्त्रीले ओलीले ट्वीटरमार्फत भनेका छन्, “उहाँले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो ।”
प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विभिन्न राष्ट्रका प्रमुखहरुसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा बुझिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित