केन्द्रीय संस्करण

एष्ट्रोनोमिकल सोसाइटीले गर्यो ७ सय ५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान

person explore access_timeबैशाख १८, २०७७ chat_bubble_outline0

विज्ञान विषयका नेपाली विद्यार्थी तथा शिक्षकले हालसम्म ७५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान गरेका छन् । 

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१६ देखि नेपालमा सञ्चालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमार्फत विज्ञानका नेपाली विद्यार्थी तथा शिक्षकले प्रारम्भिक रुपमा ७५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान गरेको अध्यक्ष सुरेश भट्टराईलेलाई जानकारी दिए ।

हालसम्म सात क्षुद्रग्रहले अस्थायी पहिचान पाइसकेको पनि उनले बताए । अस्थायी पहिचान पाउने क्षुद्रग्रह नेपाली विद्यार्थी तथा शिक्षकले सन् २०१८ र २०१९ मा पत्ता लगाएका हुन् ।

अस्थायी पहिचान प्राप्त गर्न सफल क्षुद्रग्रहमा २०१८ वाईएस चार, २०१९  एई १८, २०१९ जेएफ ६०, २०१९ केबी १५, २०१९ केके १८, २०१९ केडब्ल्यू नौ र २०१९ केके पाँच छन् ।

सातमध्ये पहिलो छ क्षुद्रग्रह मेनबेल्ट एस्टेरोइड हुन् । अन्तिम सातौँ एपोलो समूहको नियर अर्थ एस्टेरोइड हो । यी क्षुद्रग्रह कक्षा ८ देखि स्नातकोत्तर पढ्दै गरेका विद्यार्थी एवं माध्यमिक तहमा अध्यापनरत शिक्षक शिक्षिकाले पत्ता लगाएका हुन् ।

खोज अभियानमा भाग लिएका विद्यार्थीले अमेरिकाको हवाईस्थित १.८ मिटरको टेलिस्कोपले खिचेका तस्बिरमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिइएको सफ्टवेयरमार्फत खोजी गरेका थिए ।

यी तस्बिर अमेरिकास्थित सोसाइटीको सहयोगी संस्था इन्टरनेशनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन (एएससी) ले प्रदान गर्दै आएको छ । 

सन् २०१८ देखि सोसाइटीले क्षुद्रग्रह खोज तालीम सञ्चालन गरेसँगै कार्यक्रम थप प्रभावकारी बन्दै गएको छ । ईच्छुकले खोज समूह बनाएर अभियानमा भाग लिन आवेदन दिनसक्ने अध्यक्ष भट्टराईले बताए ।

अभियानमा भाग लिन कुनै शुल्क लाग्दैन । प्राप्त आवेदनमध्ये यस वर्षदेखि प्रत्येक अभियानमा १५ समूह समावेश गरिने जनाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.