चराको चिरबिर आवाजसँगै ...

पोखरा । तपाईंमै पोखरामै हुनुहुन्छ ? पोखरामै हुनुहुन्छ भने तपाईंको बिहानी पक्कै चराको चिरबिर आवाजसँगै सुरुआत हुन्छ ।
अरुबेला, सवारीका घाँइघुँई आवाजले ब्यँुझिने तपाईं केही दिनदेखि चराको चिरबिर आवाजले ब्युँझिनुहुन्छ ।
प्राकृतिक दोहनको चपेटामा साँघुरिदै गएको सौन्दर्य फेरि महिना दिन देखिको बन्दाबन्दीले जुर्मुराउन थालेको छ । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसले विश्व नै आक्रान्त भई रहेको बेला चराचुरुङ्गी भने निश्फिक्री कावा खाँदै आकाशमा उडिरहेका भेटिन्छन् । कहिले यता कहिले उता, घरबाहिर निस्किनु भएको भए तपाईंले पक्कै देख्नु भएको होला । चिरबिर आवाज निकाल्दै चराहरु उडिरहेका छन् । यो दृश्यले तपाईंलाइ पक्कै लोभ्याउने छ ।
पोखरामा रहेर लामोसमयदेखि चराहरुको बारेमा अनुसन्धान गर्दै आएका शेष कान्त शर्माका अनुसार चराका बथान ‘लकडाउन’ कै कारण बढी मात्रमा भित्रिए भनेर भन्न सक्ने अवस्था भने छैन ।
यद्यपि, शर्माले केही दिन यता पोखरा भित्रिने आगन्तुक चराको संख्या बढेका हु्न् कि भनेर अनुभव गरेका छन् । ‘लकडाउनकै कारण धेरै चराहरु नेपाल भित्रिए । पोखरा भित्रिए भनेर भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यो विषयमा अध्ययन अनुसन्धान गर्न बाँकी नै छ । तर, लकडाउनकै कारण चराहरु पोखरा भित्रिए कि भनेर मैले पनि अनुभव गरेको छुँ ।’
आगन्तुक चराहरु समर र हिउँद, दुई याममा नेपाल भित्रिने गरेको उनले सुनाए । समरमा भन्दा हिउँदमा आगन्तुक चराहरु नेपाल भित्रिने उनले बताए । ‘दुई सिजनमा नेपालमा चराहरु आउने गर्छन्,’ उनले भने, ‘सबैभन्दा धेरै हिउँदामा आउछन् । विन्टर भिजिटरहरु, असोजको महिनादेखि आउन सुरु हुन्छ । फागुनमा फर्किन्छन्, विन्टरमा आउने चराहरु, विन्टरमा आउने चराको संख्या अलि कम हुन्छ ।’
विन्टरमा आउने चराहरु उत्तरतिरबाट आउने उनले सुनाए । मंगोलिया, चीन, मध्य एशियाबाट यो यामहरु चराहरु आउँछन् । अहिले आउने चराहरु भने भारत, श्रीलंका लगायतका देशबाट आउने गर्छन् । समरमा नेपाल आउने चरामा कोइली ‘कुकु’ प्रजातिका चराहरु नेपाल आउने गरेको उनले सुनाए ।
नेपालमा ६ सय प्रजातिका रैथाने चराहरु पाइने उनले सुनाए । आगन्तुक चरासँग जोडेर नेपालमा पाइने चराहरु ८ सय ८६ प्रजातिका चराहरु पाइन्छन् । तर, पछिल्लो समय ८ सय ८८ भनेर कुरा आउन थालेको उनले सुनाए । यद्यपि, नेपालमा पाइने रैथाने चराहरु ६ सय प्रजातिकै हुन् । बर्डस कन्जर्भेसन नेपालले निकाल्दै आएको किताबका अनुसार नेपालमा पाइने चराको आधिकारिक तथ्यांक ८ सय ८६ नै हो ।
पोखराको हकमा भने ४ सय ६७ प्रजातिका चराहरु पोखरा र आसपासका क्षेत्रमा पाइने उनले सुनाए । शर्मा पोखरा पंक्षि समाजका उपाध्यक्ष पनि हुन् । पेशाले ट्रेकिङ गाइड रहेका शर्मा अनुभवले चराको खोज पनि थालेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा