मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित चार  पक्राउ

बिहीबार, १८ वैशाख २०७७, १५ : ५०
बिहीबार, १८ वैशाख २०७७

बर्दिया । लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले आज पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका –१ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र  दैलेख, दुल्लु नगरपालिका –७ का २७ वर्षीय आकाश शाह  छन् ।

प्रहरी कार्यालयको मूल ढोका अगाडि उनीहरु सवार बा १२ च ६२९९ नं को गाडी तलासी गर्दा स्टेरिङभित्र प्लाष्टिकमा पोको पारिएको ४६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप