यसरी फस्टाउँछ कुखुरापालन व्यवसाय
जयविक्रम शाह
थोरै समयमा धेरै आम्दानी दिने व्यवसाय हो– कुखुरापालन । यो व्यवसाय अहिले धेरै युवा र किसानमा लोकप्रिय हुँदै गएको छ । कुखुरापालनमा संलग्न किसान साथीहरु र नवआगन्तुक किसानहरुले केही सतर्कता र संयम अपनाए सुरक्षित कुखुरापालन व्यवसायबाट मनग्य लाभ लिन सकिन्छ । धेरै सङ्घ–संस्थाले अहिले नेपालमा व्यावसायिक कुखुरापालन तालिमहरु प्रदान गर्दै आइरहेका छन् । कुखुरापालनको सोचमा हुने साथीहरुले त्यस्ता तालिमहरु सकेसम्म लिएको हुनुपर्छ या कुखुरापालन विज्ञ वा पशु चिकित्सकको सरसल्लाह बमोजिम कुखुरापालन व्यवसाय सुरुवात गर्नु राम्रो हुन्छ ।
कुखुरापालनमा सर्वप्रथम ठाउँको छनोट र खोरको बनावटमा ध्यान दिनु पर्छ । ठाउँ छनोट गर्दा सडकको सुविधा, बिजुलीको सुविधा भएको र अरु क्षेत्रभन्दा उच्च स्थान रहेको ठाउँ रोज्नुपर्दछ । खोर बनाउँदा पूर्व–पश्चिम दिशामा फर्केको बनाउनुपर्छ । जसले गर्दा घाम सिधा कुखुरामा नपरोस् र खोरमा प्रशस्त मात्रामा स्वच्छ हावा खेल्ने हुनुपर्छ । खोरको चौडाइ १२ मिटर हुनुपर्दछ भने लम्बाई आवश्यकताअनुसार कति सङ्ख्यामा कुखुरा पाल्ने हो त्यसमा निर्भर गर्छ ।
खोर तयार भइसकेपछि १ दिने चल्ला ल्याइन्छ । जुन खासमा १ दिने नभई २१ दिने भइसकेको हुन्छ । यो २१ दिनसम्म ह््याचरीमा मेसिनभित्र राखिन्छ । यस्ता चल्लाहरुमा कतिपय रोग त त्यही मेसिनबाट नै लाग्न सुरु गरेको हुन्छ । जतिसुकै स्याहार–सुसार गरे पनि त्यस्ता रोगबाट बचाउन निकै गाह्रो पर्छ । त्यसैले त्यस्ता ह््याचरीबाट ल्याउनुपर्छ, जुन ह्याचरी सफा र रोगमुक्त हुन्छ ।
ह््याचरीबाट चल्लालाई केही समय कार्टुनमा राखेर गाडीबाट खोरसम्म ल्याइन्छ । त्यतिबेला चल्लाहरु निकै तनावमा हुन्छन् । त्यसैले खोरमा ल्याउने बित्तिकै सफा र शीतल पानीको आवश्यकता हुन्छ ।
खोरको तापक्रम मेसिनको तापक्रमभन्दा निकै कम हुने भएकाले चल्लाको स्वास्थ्यमा असर पर्छ । त्यसैले कम्तीमा दुई हप्तासम्म तातो बनाएर राख्नु पर्छ । तातो बनाउनुको अर्थ पूरै प्लास्टिककले घेरेर सिरकले छोपोझैँ गरी गुम्स्याउनु हुँदैन । राप दिने उपकरण ग्यास बोडर बालेर तातो पार्नुपर्छ र पर्याप्त मात्रामा हावा प्रवाह हुनेगरी भेन्टिलेसन दिनु पर्छ ।
कुखुरालाई दाना दिँदा ढुसीको गन्ध आएको छ कि छैन भनी विशेष ध्यान दिनुपर्दछ । अन्यथा चल्लामा पेट दुख्ने र पखाला लाग्ने समस्या आउन सक्छ । चिसो भुइँमा राखेको दानाले पनि पेट दुख्ने र पखाला लाग्न सक्छ । त्यसैगरी धेरै दिनलाई पुग्ने दानाका बोरा एकैपटक ल्याइएमा पनि यस्तो समस्या आउन सक्छ । दाना बनाउने मकै र भटमासकै खराबी भए ताजा दाना दिँदा पनि कहिलेकाहीँ यस्तो समस्या देखा पर्छ ।
पानीका कारणले पनि चल्लाहरु पटक–पटक बिरामी भएको पाइन्छ । पानी सफा गर्ने औषधी सधैँ हाल्दा–हाल्दै पनि यस्ता समस्या देखिन्छन् । यसका मुख्य दुईवटा कारण हुन सक्छन् – (१) औषधीले रोग लाग्ने किटाणु मार्न नसक्नु र (२) पानी सफा भए पनि सोत्तर चिसो हुनु । त्यसैले सफा पानी खुवाएर मात्र ढुक्क हुनु हुँदैन । किनभने दाना र पानी सफा एवम् स्वस्थकर भए पनि बस्ने भुइँ र खोर सफा हुँदैन भने जति औषधी गरे पनि रोग निको हुँदैन ।
लक्षण उस्तै देखिए पनि रोग फरक हुन सक्ने भएकाले चेकजाँचबिना कुखुरा बिरामी पर्दा भेटेरिनरी पसल खोल्नेझैं गरेर आपूmखुसी एकैचोटि थुप्रै औषधी ल्याउनु हुँदैन । जथाभावी औषधी प्रयोग गर्दा पछि झन् औषधीले नै काम नगर्ने खतरा हुन्छ । तपाईं–हामी बिरामी पर्दा डाक्टर कहाँ जान्छौं, त्यसैगरी कुखुरा बिरामी हुँदा पशु चिकित्सकलाई देखाउनु होस् र उहाँहरुको सल्लाह अनुसार मात्र औषधी खुवाउनु होस् ।
जसरी तपाईं–हामी रोगसँग बँच्न भ्याक्सिन लगाउँछौं, त्यसैगरी कुखुराका लागि भ्याक्सिनको प्रयोग विभिन्न किसिमका समस्याहरुको तथा फिल्डमा भएको रोग लगाउन सक्ने किटाणुहरुको सम्पर्कबाट उत्पन्न हुन सक्ने किटाणुहरुको सम्पर्क हुनसक्ने विभिन्न रोगहरुबाट रोकथाम तथा न्यूनीकरणका लागि साह्रै प्रभावकारी हुन्छन् । खोप लगाउनु भनेको बिमा गर्नु जस्तै हो । बिमामा सम्भावित दुर्घटना वा नोक्सानीबाट बचाउन पहिले केही रकम बुझाइन्छ, जुन थोरै हुन्छ । त्यसैगरी थोरै खर्चबाट हुने भ्याक्सिन प्रयोग गरी रोग लागेपछि हुने ठूलो आर्थिक नोक्सानीबाट बचाउन वा कम गर्न सकिन्छ ।
बाहिरको जुत्ता–चप्पल लगाएर खोरभित्र प्रवेश गर्नु हुँदैन भने खोरभित्र प्रयोग गर्ने बुट बाहिर लगाउनु हुँदैन । बाहिरबाट खोरभित्र प्रवेश गर्नुअघि शरीरलाई सङ्क्रमणमुक्त गर्न स्प्रे आदिको प्रयोग गरेर मात्र छिनु पर्दछ । यसो हुँदा बाहिरबाट आउन सक्ने रोग कुखुराको खोरभित्र प्रवेश गर्न पाउँदैन ।
रेडियो र अन्य सञ्चार माध्यमबाट बारम्बार बिमाको कुरा आइरहेको हुन्छ । सबैले सुन्नु र पढ्नु भएकै होला । बिमा प्रिमियमको ७५ प्रतिशत नेपाल सरकारले नै व्यहोर्छ । बिमा गर्नाले कुनै दुर्घटना वा प्रकोप फैलिएर कुखुराहरु मर्न गएमा बिमाबाट प्राप्त रकमले ठूलो राहत प्रदान गर्न सक्छ तथा आफ्नो लगानी सुरक्षित हुन्छ । यसैले बिमा गर्नु सबै किसानका लागि बुद्धिमानी हुनेछ ।
सम्पूर्ण कुखुरापालक किसानहरुको सफलताको कामना, आफ्ना पशुपन्छी स्वास्थ्य बनाऔँ, जय किसान, जय पशुधन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’
-
खाल्डोमा डुबेर बालकको मृत्यु
-
सामाजिक सुरक्षाले श्रमिकहरूलाई उत्साहित तुल्याएको छ : मन्त्री पौडेल
-
नेपाल प्रिमियर लिग खेल्न आइपुगे वाल्टन