बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा सशस्त्र प्रहरीको कुटाइबाट ७० वर्षीय वृद्धसहित ३ जना घाइते

प्रहरीको मिलेमतोमा तस्करी भइरहेको देखेपछि हामीलाई कुटियो : घाइते
बिहीबार, १८ वैशाख २०७७, १३ : ३६
बिहीबार, १८ वैशाख २०७७

परासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको कुटाइबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ती गाउँपालिका पाल्हीनन्दन वडा ५ को भगतवपुरवाँ गाउँ नजिक दजगजामा राती ९ बजेको समयमा सशस्त्र प्रहरीको कुटाइबाट एक बृद्धासहित २ जना किशोर घाइते भएका हुन् । घाइते हुनेमा भगतपुरवाँ निवासी ७० वर्षीय पुर्णवासी कहार, सोही ठाउँ बस्ने १४ वर्षीय अक्लेश गौड र १६ वर्षीय मुन्ना गौड रहेका छन् ।

घाइते भएका ७० वर्षीय पुर्णवासी गौडको पाखुरा भाँचिएको, टाउँ फुटेको, हातसहित विभिन्न ठाउँमा घाउ लागेको छ भने १४ वर्षीय अक्लेश गौडको हात भाँचिएको र शरीरको विभिन्न ठाउँमा घाउ लागेको छ त्यस्तै लाठीचार्ज हुँदा भाग्ने क्रममा मुन्ना गौडलाई प्रहरीको लाठीले कम्मरमा घाउको निशान बसेको देखिएको छ ।

सशस्त्र प्रहरीले आफूहरुलाई लखेटी–लखेटी लाठीचार्ज गरेको घाइतेकोहरुको दावी छ । उनीहरुको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको छ ।

यसरी घटयो घटना 

गत राति ९ बजेको सयमा भारतबाट केहि स्थानीय तस्करहरु सशस्त्र प्रहरीको सेटिङ्गमा ७–८ वटा सुंगुर नेपाल भित्राइरहेको अक्लेश गौडले देखेपछि घटना बाहिर आउँला भन्ने आशंकामा आफूहरुलाई निर्घात कुटपीट गरिएको घाइते को आरोप छ । ‘सो क्षेत्रबाट सुंगुरको तस्करी भैरहेको देखेपछि सशस्त्र प्रहरी घटना लुकाउन मेरो मोबाईल खोसी मलाई कुटपिट गरेको हो,’ गौड भन्छन् ।

भगतपुरवाँ दशगजाबाट मात्र ३ सय मिटरको दुरीमा रहेको एक गाउँ हो । दशगजामै लामो समयदेखि अक्लेश गौडका बुवा रक्सी पसल सञ्चालन गर्दै आएका थिए तर अहिले लकडाउनले सो पसल बन्द छ । पसलमा एक साइकल र एक भारतीय पलेटको मोटरसाइकल र केहि सर–सामान रहेकाले उसको रेखदेख गर्न पसल साहु पसलमा सुत्दै आएका थिए ।

एक दिन अगाडी पसलमा सुत्न गएको बेला सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीका जवानहरुले अब यहाँ नसुत्नुस भनेपछि गत राति ९ बजेको समयमा उनका छोरा अक्लेश गौड मोबाइलको बत्ति बाल्दै पसलमा झुल लिन गएका थिए । त्यति नै बेला उनले भारतबाट ७–८ वटा सुंगुर नेपाल भित्रिरहेको देखे । उनी पसलतिर बढिरहँदा सशस्त्र प्रहरीका जवानहरुले उनलाई देखेपछि मोबाइलमा फोटो खिचिएहोला भनि मोबाइल खोसेर कुटपिट गर्न थालेको अक्लेश गौड बताए ।

सशस्त्र प्रहरीको कुटाईबाट गम्भीर घाईते भएका गौड घर फर्किएपछि आफनो घरपरिवारलाई खबर गरे । घटना बुझन दशगजा क्षेत्र निक्सेका परिवारका सदस्यलाई ५ जना सशस्त्र प्रहरीको टोलीले लखेटदै लाठी प्रहार गर्न थालेको उनीहरुको आरोपछ । भाग्न नसकेर ७० वर्षीय वृद्ध पूर्णवासी गम्भीर घाइते भएका छन् ।

के भन्छन् सशस्त्र प्रहरीका एसपी ?

यता सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले, मोटरसाइकलमा रक्सी बोकेर भारत लैजान खोज्दा प्रहरीले रोकेपछि गाउँनै आएर आफ्नो जवान र पोष्ट माथि आक्रमण गर्न खोज्दा रक्षाका लागि लाठीचार्ज भएको बताए ।

राति ९ बजेको समयमा भारतीय मोटरसाइकलमा रक्सी लोड गरि भारत लैजाने क्रममा सीमा खटिएको सुरक्षाकर्मीले देखेर लखेटदा मोटरसाइकल त्यहीँ छोडी रक्सी लिएर उनीहरु भागेको उनले बताए ।

मोटरसाइकल नियन्त्रणमा लिइएको र तस्करी गर्न नदिएको भन्दै गाउँलेहरु नै अस्थायी पोष्ट उखेल्न र सीमामा खटिएका सशस्त्रका जवानहरु माथि आक्रमण गर्न खोज्दा आफ्नो रक्षाका लागि लाठिचार्ज गर्न परेको उपरिक्षक खनियाले जानकारी दिए ।

यता, सशस्त्र प्रहरीको कुटाईबाट घाइतेहरुको अवस्था देखेपछि जिल्लाका विभिन्न राजनीतिक दल प्रमुख÷प्रतिनिधि र नागरिक समाजले घटनाको घोर निन्दा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप