बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा नदीमा एक युवक बेपत्ता

बिहीबार, १८ वैशाख २०७७, १२ : ५६
बिहीबार, १८ वैशाख २०७७

सिमकोट । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका–१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका–१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।  बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ । 

कार्यकारी अधिकृत र वडाध्यक्षको विवाद
जुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गाउँकार्यपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच बजेट थपका विषयमा विवाद हुँदा हात हालाहाल भएको छ । वडा नं ५ का अध्यक्ष कर्णजङ्ग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद सिर्जना भएको हो । 

 अध्यक्ष शाहीले भने आफ्नो वडालाई मात्रै नियम खोजेको र अन्य वडाको सम्झौता गरेर रकम भुक्तानी गरेर कर्मचारीतन्त्र हावी गर्न खाजेको हुँदा आफूले सबै वडामा एकनास प्रक्रिया हुनुपर्ने माग गरेको बताए । विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप