कोरोनाका कारण १० करोड नयाँ गरिबहरु पैदा हुने
बिहीबार, १८ वैशाख २०७७, ०७ : ४४

कोरोना महामारीका कारण संसारभरिका शहरहरुमा बसोबास गर्ने १० करोडजति मानिसहरु गरिब हुने आँकलन गरिएको छ ।
विशेषज्ञहरुका अनुसार, कोरोनाका कारण जागिर गुमाउनेहरुका कारण त्यसरी नयाँ करोड गरिबहरु पैदा हुनेछन् ।
कोरोना महामारीका कारण यतिखेर करिब करिब संसारभरिकै आर्थिक गतिविधिहरु ठप्प छन् । अर्थविद्हरुले संसारभरि नै आर्थिक महामन्दी आउने चेतावनी दिइसकेका छन् । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकामा मात्रै वर्षको पहिलो चौमासिकमा त्यहाँको कुल ग्राहस्थ उत्पान ४.८ प्रतिशतमा सीमित भएको छ ।
यतिखेर अमेरिकाको अर्थतन्त्र पहिलो विश्वयुद्धलगत्तैको आर्थिक महामन्दीपछि सबैभन्दा संकटग्रस्त अवस्थामा पुगेको छ ।
अलजजिराबाट Title photo: https://www.aljazeera.com