शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

बुधबार, १७ वैशाख २०७७, २२ : ४५
बुधबार, १७ वैशाख २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । गत २ मार्चदेखि २८ अप्रिलसम्मको तथ्याँकका आधारमा मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । बेलायत सरकारले पहिलोपटक केयरहोम लगायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यालाई सार्वजनिक गरेको हो ।

त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ८५ जना र २३ जना केयर वर्करसहित १ सय ८ जनाको निधन भएको बताइएको छ । कोरोना संक्रमणका कारण अस्पताल बहिर केयर होम लगायतमा भएका निधनलाई समावेस नगरिएको भन्दै गरिएको विरोधका कारण आज केयर पहिलोपल्ट  होममा भएको निधनको पनि तथ्याँक सार्वजनिक गरिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।  

पछिल्लो तथ्याँकअनुसार बढी मृत्यु हुने मुलुकहरुमध्ये बेलायत अमेरिका र इटालीपछिको तेस्रो स्थानमा परेको छ । कोरोनाको संक्रमणबाट ३३ जना नेपालीहरुको मृत्यु भएको आधिकारिक तथ्याँक छ । कोरोनाबाट विश्वभर हालसम्म झन्डै २ लाख २० हाजार मानिसहरुको मृत्यु भैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप