मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस : प्रथाजनित संस्थाको सूचना प्रभावकारी

बुधबार, १७ वैशाख २०७७, १७ : ०४
बुधबार, १७ वैशाख २०७७

मुना मोक्तान, रामेछाप

कोरोनाभाइरस संक्रमणको जोखिम न्यून गर्न आदिवासीका परम्परागत वा प्रथाजनित संस्थाहरुको भूमिका महत्वपूर्ण हुने देखिएको छ । त्यस प्रकारका प्रथाजनित संस्थाहरुले महामारीबाट जोगाउन समुदायलाई  प्रबाह गर्ने सूचना प्रभावकारी भएका कारण प्रथाजनित संस्थाको भूमिका महत्वपूर्ण देखिएको हो । 

कोरोनाभाइरसको संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्र बस्न आदिवासीका प्रथाजनित संस्थाहरुले आफनै प्रणाली मार्फत सूचना प्रबाह गर्ने गरेका छन् ।

थारु समुदायको परम्परागत संस्था बडघरबाट बाँके बर्दिया, कैलाली, कन्चनपूर, दाङ जिल्लाका अधिकाँश टोलहरुमा चिराकी मार्फत सूचना दिने गर्दछन् । आदिवासी थारुको परम्परागत संस्थामा चिराकीलाई समुदायमा सूचना दिने जिम्मेवार पद मानिन्छ । उनीहरुले समुदायमा कोरोनाभाइरस संक्रमण रोक्न परम्परागत विधिबाट दिइएको सूचना समुदायमा हुबहु पालना भएको छ ।

त्यसैगरी,लमजुङको खासुरमा स्योर्पोले दिएको घरभित्रै रहने, बाहिरीयालाई आवतजावत गर्न नदिने सरसफाईमा ध्यानदिने लगायतको सूचना पनि स्वतः स्फुर्त पालना भएको छ ।

गोरखा वारपाकस्थित घले आदिवासी समुदायको कटुवाल प्रथाअनुसार बारपाक गाउँमा पनि सूचना सरकारले दिनभन्दा अगावै समुदायमा पु¥याइएको छ ।

मुस्ताङको नाउरीकोटमा बाहिरबाट मानिस आउन र भित्रबाट अन्यत्र जान घम्प प्रणालीको सक्रियतामा  स्थानहद जारी गरिएको छ । बाहिरको मानिस आएमा जरिवाना गर्ने र समुदायमा छिर्न नदिने निर्णय गरिएको छ । र अन्यगाउँहरुमा घम्पहरुलाई सोहि बमोजिम निर्णय गर्न अनुरोध गरिएको कुरा जानकारीमा आएको छ ।

बाह्र गाउँलेहरुको खिन्जागाउँमा सुरक्षित रहने र अरुलाई पनि राख्ने सूचना (ह्रोलो) दिने र मुखियाहरु समेतको समुदायको छलफलबाट आइसोलेसन घरसमेत तोकिएको जानकारीमा आएको छ ।

सरकारले आदेशजारी गर्न अगावै सन्थालहरुको परम्परागत संस्था मझिहडम बसेर सन्थाल भाषामा पर्चा बनाई गोडेत्मार्फत समुदायलाई सूचनादिने कार्य भएको छ ।

धिमालहरुको परम्परागत संस्था माझीवाराङले उर्लाबारी नगरपालिका वडानम्बर ३ सालबारी, वडा नं ९ अठियाबारीमा सबैको सुस्वास्थ्यको आध्यात्मिक विधिसमेत गरेर सूचना गराईएकोछ । परम्परागत संस्था र कानून नैतिकबन्धनकारी भएपनि प्रभावकारी रहेको केही उदाहरण हुन ।

नेपालका आदिवासीका समुदायमा आजसम्म कायम रहेको प्रथाजनित संस्थाहरु बडघर, भलमन्सा र महटँवा (थारु), घम्प÷तेह्र मुखिया प्रणाली (थकाली) घम्पा (बाह्रगाउँले), मझीहडम (सन्थाल), गुथी (नेवाः), माझीवाराङ (धिमाल), गुरुङ (स्यार्पो), तामाङहरुको चोहो परम्परा, वारपाकका घलेहरुको कटुवाल प्रथालगायत छन् ।

सरकारले विभिन्न सुरक्षात्मकउपायहरुको प्रचार प्रसारको साथै २०७६ चैत्र ११ गते देखि २०७७ बैशाख २५ गतेसम्म लकडाउन गर्ने निणर्य गरेको छ । लकडाउनको अवधिमा घरभित्र नै बस्नु पर्ने कलकारखाना, व्यापार तथा व्यबसाय गर्न नपाइृने कानुनी व्यबस्था छ । शहरी इलाकामा यस्तो लकडाउन पालना गर्न गराउन सरकारस् संयन्त्र सक्रिय रहे पनि लकडाउन उल्लंघन गर्नेको संख्या पनि त्यत्तिकै छ । तथापि परम्परागत विधिबाट गरिएको लकडाउनको सूचना समुदायमा सक्रिय रहेको आदिवासी अभिन्ताहरुको दावी छ ।

जानकारहरुका अनुसार घरभित्र बसी सजग र होसियार भएमा महामारीबाट बच्न मद्धत पुग्दछ । तर सरकारको लकडाउन गर्ने निर्णय कडाईको साथ कार्यान्वयन गर्न  सुरक्षाकर्मीले शहरी क्षेत्रमा बलसमेत प्रयोग गर्नु परेको छ ।

नेपालपक्षराष्ट्र भएको अन्तर्रा्ष्ट्रिय श्रम संगठन महासन्धि नंम्बर १६९ र आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र २००७ले यी प्रथाजनित संस्थालाई मान्यता दिएको छ । त्यसैले सरकार र स्थानीय अधिकारीले पनि प्रथाजनित संस्थालाई सम्मान र सहयोग गर्न जरुरी छ । र प्रथाजनित संस्थाहरुसंग सहकार्य गरी संक्रमण रोक्ने प्रयास अझ प्रभावकारी बन्नेमा द्विुविधा छैन ।  आदिवासीको आफ्नो सामुहिक साँस्कृतिक मूल्य मान्यता अन्र्तगत आफ्नो समुदाय र अरु समुदायलाई पनि जोगिने र जोगाउने विषय समेत पर्दछ ।

(साभारः इन्डिजिनियस फिचर सेवा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप