बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रेसिडेन्ट ग्रुपको नयाँ रेष्टुरेन्ट रविभवनबाट

आइतबार, १८ भदौ २०७४, १० : ५१
आइतबार, १८ भदौ २०७४

काठमाडौँ-राजधानीको काठमाडौँ रविभवन लामपार्टीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । 
होटल व्यवसायमा फरक पहिचान दिन सफल प्रेसिडेन्ट ग्रुप अफ होटलको लगानीमा सातौँ आउटलेटका रुपमा प्रेसिडेन्ट रेन्टुरेन्ट एण्ड सेकुवा रविभवन सञ्चालनमा आउन लागेको हो । 
काठमाडौँ सुन्धारमा मुख्य कार्यालय रहेको यस ग्रुपले पूर्ण पारिवारिक तथा कार्पोरेट हाउसलाई लक्षित गरि प्रेसिडेन्ट रेन्टुरेन्ट एण्ड सेकुवा रविभवन सञ्चालनमा ल्याउन लागेको ग्रुपका प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए । 

झण्डै १ करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा आउन लागेको फाईन डाईनिङ्ग रेष्टुरेन्टमा नेपाली, ईन्डीयन, कन्टीनेटल, चाईनिज र ईटलियन स्वादका विभिन्न परिकारहरु एकै ठाउँमा ग्राहवर्गहरुले पाउने उनले बताए । 
यस्कासाथै यहाँ सेकुवाको वास्तविक स्वाद र विभिन्न पारिकारले यस रेष्टुरेन्टको फरक पहिचान हुने उनको दावी छ । भने रेन्टुरेन्ट भित्रका हरेक कोठाहरुलाई विभिन्न नामाकरण गरि खानाका पारखी ग्राहकवर्गहरुको ध्यान समेत केन्द्रित गर्न खोजीएको छ । 

जुन रेष्टुरेन्टबाट शान्त मनोरम कंलकी क्षेत्रको दृश्यलोकन, तत्कालिन शाहकालिका राजपरिवारको सगँ जोडिएको रविको दरबारको हेर्न मिल्ने, स्वयमबु तथा शिवपुरी क्षेत्रे रुफटमबाट दृश्यावलोकन गर्न मिल्ने व्यवस्था यस रेष्टुरेन्टको थप पहिचान हो । 
‘खानामा यतिवेला नेपालीहरुको विशेष ध्यान जान थालेको निर्देशक भण्डारीले भने हामीले खानाको गुणस्तरमा विशेष ध्यान दिदै ग्राहकमैत्री किचेनका साथै हरेक परिकार तथा क्षेत्रमा हाईजिन मेन्टेन गरिएको  छ ।’

यहाँ अर्को विशेष भनेको पारिवारिक रुपमा आउने बच्चाबच्चीहरुका लागि छुटै किड्स प्ले रुमले सबैलाई आर्कर्षित गर्नेछ । 
जहाँ बच्चाबच्चीहरुले विभिन्न खेलौना सामाग्रीहरु खेल्दै रमाउन सक्नेछन् । । यो सेवा निशुल्क समेत गरिएको भण्डारीले बताए । 
भने परिवारका अन्य सदस्यहरुले बच्चाबच्चीहरुसगैँ रमाउदै, खेलाउदै विभिन्न परिवारका स्वादको मज्जा लिन पाउनेछन्  । 


रेष्टुरेन्टमा कोर्पोरेट हाउसले आफ्नो पार्टी तथा विभिन्न मिटिङ्ग, गोष्ठी सेमिनार गर्न मिल्ने एसी रुम तथा मिटिङ्ग हल व्यवस्था गरिएको छ । जसले पूर्ण शान्त वातावरणमा कर्पोरेट हाउसकर्मीहरुले समेत रमाउन सक्ने उनले बताए । 


यस्तै गितसंगीतका पारखी ग्राहकवर्गहरुलाई मध्यनजर गर्दै क्यारोओके सिस्टमको सांगीतिक रुमको समेत व्यवस्था छ । 
२०६३ सालबाट सञ्चालनमा आएको ग्रुपले काठमाडौँमा ६ र लुम्बीनीमा एउटा होटल सञ्चालन गरिएको छ । साथै निकट भविष्यमा चितवन र पोखरामा समेत आफ्नो नयाँ शाखा विस्तार गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप