‘सीता’ को भूमिकाका लागि दीपिकाको यसरी भएको थियो चयन, जहाँ जान्थिन् खुट्टा ढोग्न पुग्थे मानिस

टिभी सिरियल ‘रामायण’ मा ‘सीता’ को भूमिका निभाउने दीपिका चिखलिया बुधबार आफ्नो ५५ औं जन्मदिन मनाउँदैछिन् । दीपिकाको जन्म २९ अप्रिल सन् १९६५ मा मुम्बईमा भएको थियो । रामायण दुरदर्शन च्यानलमा पुनः प्रसारण गरिएपछि दीपिका आजकाल चर्चामा छिन् । भारतमा लकडाउनका कारण नयाँ टिभी सिरियलको छायांकन बन्द छ जसका कारण पुराना टिभी सिरियललाई पुनः टिभीमा देखाइँदैछन् । पुनः प्रशारणमा आएको रामायणलाई धेरैले रुचाएका छन् । ट्वीटरमा ‘रामायण’ का सबै पुराना कलाकारको मज्जाले चर्चा भइरहेको छ जसमा दीपिका चिखलिया पनि समावेश छिन् ।
खुट्टा ढोग्न आउँथे मानिसः
सन् १९८७–८८ मा टिभीमा रामानन्द सागरले बनाएको सिरियत ‘रामायण’ हरेक आइतबार प्रशारण हुन्थ्यो । आइतबार बिहान मानिसहरु आफ्नो सबै काम छोडेर यो सिरियल हेर्न बन्थे । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सिरियलका मुख्य कलाकारले यति चर्चा पाए कि मूर्तीकारले भगवान राम–सीताको मूर्तिमा उनीहरुको अनुहार कोर्थे । दीपिकालाई धेरैले अनस्क्रिन माता सीता पनि भन्थे र उनी जहाँ जान्थिन् कति उनको खुट्टासमेत ढोग्न अघि सर्दथे ।
एक अन्तर्वार्तामा दीपिकाले भनिन्, ‘सीताको भूमिकाका लागि छानिनु त्यति सहज थिएन । करिब ३०–३५ युवती सीताको भूमिकाका लागि स्क्रिन टेस्ट दिन आएका थिए । सीताको भूमिकाका लागि आएका अभिनेत्रीहरु निकै सुन्दर, ट्यालेन्टेड र ग्ल्यामरस थिए । तर मलाई छानियो । सायद म रामायणको सीताको छवी अनुकूल थिएँ । निर्देशक रामानन्द सागर यस्ता कलाकार चाहन्थे जो भूमिकामा समाहित होस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री