बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई दशकसम्म चलेको भियतनाम युद्धभन्दा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढी

बुधबार, १७ वैशाख २०७७, ०९ : ३४
बुधबार, १७ वैशाख २०७७

अमेरिकामा कोरोनाभाइरसका कारण ५८ हजारभन्दा बढीको मृत्यु भएको छ । तीन महिनाभन्दा कम समयमा ५८ हजार ३ सय ५५ को ज्यान गएको हो ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई दशकसम्म चलेको भियतनाम युद्धभन्दा पनि धेरै भएको छ । भियतनाम युद्धमा ५८ हजार २ सय २० को मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपतिका स्वास्थ्य विज्ञमध्येका एक डा. एन्थोनी फाउचीले खतरा अहिले नै समाप्त नभएको भन्दै प्रभावकारी उपचारबिना अबका केही महिनामा थप व्यक्तिहरुको ज्यान जानसक्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप