शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा रोजगारी गुमाएका कामदारका सम्बन्धमा परराष्ट्र मन्त्री र एनआएनएबीच भिडियो कन्फ्रेन्स

मङ्गलबार, १६ वैशाख २०७७, २० : ५६
मङ्गलबार, १६ वैशाख २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसिसयामा करार अविध समाप्त भएर रोजगारी गुमाएका कामदारलाई देश फर्किने व्यस्वथा मिलादिन सरकारसँग माग गरेको छ । 

एनआरएनए मलेसियाका अध्यक्ष हरी भट्टराईले महामारीले गर्दा कम्पनी बन्द भएका र करार अविध समाप्त भएर नेपाल जान नपाएका कामदारहरु लकडाउनका कारण मलेसियामा फसेको भन्दै उनीहरुको उद्दार गरिदन सरकारको ध्यानकषण गराएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड १९ प्रभावित विभिन्न देशका एनसिसी अध्यक्षसँग गरेको छलफलको क्रममा अध्यक्ष भट्टराईले मलेसियामा होटेल ,रेष्टुन्रे विशेष गरी सर्भिस लाइनमा लामो समयको बेतलली बिदामा बसेका र रोजगारी गुमाएका तथा कम्पनी बन्द भएका हजारौ कामदारहरु नेपाल जान चाहेकाले उनीहरुलाई नेपाल फर्कने वातावरण मिलाइदिन माग गरे ।

भिडियो कन्फ्रेन्समा बोल्दै अध्यक्ष भट्टराईले मलेसियामा समस्यामा परेका, बिरामी भएका, विभिन्न कारणले जेल परेका नेपाली र विभिन्न कारणले धेरैअगाडिड मृत्यु भएर अलपत्र परेका लाशहरु समयमै नेपाल फकाउन पनि मन्त्री ज्ञवालीको ध्यानाकषण सहित आग्रह गरे । 

मलेसियामा रहेका नेपालीहरुको स्वास्थ्य स्थिति अवस्था, महामारीको बेलामा नेपाली दूतावास र राजदुत उदय राज पाण्डे र उनको टिमको उच्च कार्यसम्पाद, एनआरएन लगायतका अन्य संघ संस्थासँग सहकार्य र समन्वय गरी समस्यामा परेका नेपालीहलाई राजदूतले गरेको सहयोग, एनआरएनले वितरण गरेको राहत र भविष्यमा आउन सेक्ने समस्या र गर्नु पर्ने तयारीका विषयमा पनि अध्यक्ष भट्टराईले सरकारलाई जानकारी गराएका थिए ।

उनले मलेसियामा विशेष गरी यहाँको सरकारले एमसीओ लागू गरी रहेको र यो आउँदो १२ मे सम्म लागू हुने बताउँदै नेपालीहरु सबैलाई मलेसियन नागरिक सरह उपचार गरी सम्मान व्यवहार गरिरहेको बताए ।

साथै उनले नेपालीहरुको अवस्थाका बारेमा मन्त्री ज्ञवालीसँग संवादमा खुसी  व्यक्त गर्दै सरकारले मलेसियामा रहेका नेपालीले भोगिरहेको समस्या चाँडै सुनुवाई गरिने विश्वास समेत गरे । 

सो अवसरमा मन्त्री ज्ञवालीले विदेशमा रहेका लाखौ नेपाली श्रमिक अध्ययनको सिलसिलामा बिदेशमा रहेका विदार्थी विदेश भ्रमणमा रहेका नेपालीहरु तथा नेपाली मुलका सम्बन्धित देशका नागरकहरुको स्वास्थ्य एवम् सुरक्षामा नेपाल सरकारले आफ्नो साधन स्रोतले भ्यायसम्म उच्च प्रभाथमिकता दिँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप