कोका–कोलाले नेपालमा कोभिड–१९को सामना गर्न ८ करोड सहयोग गर्ने

काठमाडौं— कोका–कोलाले नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को सामना गर्नको लागि सहयोग स्वरुप ८ करोड दिने घोषणा गरेको छ ।
कोभिड–१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा नेपालमा कोका—कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन ८ करोड प्रारम्भिक सहयोग गर्ने बाचा गरेको हो ।
कोका–कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाख भन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको छ ।
नेपालमा कोका—कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ ।
यसको साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको जनाएको छ ।
कोका–कोलाले नेपालमा समुदायहरुलाई कोभिड–१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ पार्टनर क्रियशनसँग साझेदारी गरेको छ ।
कोका–कोला कम्पनी र बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् ।
कोका–कोला, अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले ग्लोबल कोभिड–१९ महामारीका कारण अत्यन्तै चुनौति थपिएको बताए उनले भने, ‘अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ