शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनराइजका ग्राहकले फूडमाण्डुबाट सामान खरिद गर्दा १० प्रतिशत क्यास ब्याक पाउने

मङ्गलबार, १६ वैशाख २०७७, १५ : १७
मङ्गलबार, १६ वैशाख २०७७

काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुटदिने व्यवस्था गरेको छ । 

ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ । यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यका भित्र मात्र मान्य हुने बैंकले जनाएको छ ।

वर्तमान परिस्थितितथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसेर डिजिटल बैंकिङ्ग सुविधाको उपभोग गर्न बंैकले ग्राहकहरुलाई आग्रह गरेको छ । 

साथै बंैकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टी.एम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिट्यान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप