शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा खोलिए रेष्टुरेन्ट, आफन्तलाई भेट्न सकिने

मङ्गलबार, १६ वैशाख २०७७, ११ : ५८
मङ्गलबार, १६ वैशाख २०७७

न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारिएको छ । न्यूजिल्याण्ड कोरोनाको अति उच्च जोखिमबाट एक तह तल झरेको छ ।

अब न्यूजिल्याण्डमा तेस्रो स्तरको लकडाउन छ । यसअन्तर्गत मानिसहरु अहिले पनि आफ्नो घरभित्रै बस्नुपर्छ तर उनीहरु आफ्ना नजिकका आफन्तलाई भेट्न सक्छन् र आइसोलेशनमा बसिरहेका मानिसहरुलाई मद्दत गर्न सक्छन् ।

मानिसहरु सम्भव भएसम्म आफ्नो घरमै बस्ने कोसिस गर्नुपर्छ र पसलेहरुले सम्पर्कविहिन सेवा प्रदान गर्न सक्छन् ।

रेष्टुरेन्टमा हालसम्म अनलाइन डेलिभरीको सुविधा थियो भने अब त्यहाँबाट खाना प्याक गरेर लैजान सकिन्छ ।

मानिसहरु आफ्ना नजिकका आफन्त र परिवारका सदस्यसँग पार्क वा समुद्र किनारमा जान सक्छन् ।

स्कूल खोल्न सकिनेछ तर उनीहरुले सामाजिक दूरीको पालना गर्नुपर्नेछ । ठूलो संख्यामा मानिसहरु जम्मा हुन र सार्वजनिक स्थान खोल्न अहिले पनि प्रतिबन्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप