नेपाली समुदायबारे बेलायती सरकारलाई दूतावासको पत्र
मङ्गलबार, १६ वैशाख २०७७, ०८ : ५७

यहाँस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ ।
यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा उनीहरूमा भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको छ ।
यस सम्बन्धमा राजदूत स्वयंले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
एनी कुँवरको बयान - मास्क लगाउनेलाई चिन्दिनँ, मान्छे बचाउन भिडियो बनाएँ