कर्णाली करिडोरको काम सुरु

सिमकोट : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि बढाएको नेपाली सेनाले जानकारी दिएको छ ।
‘‘कोरोना त्रासका कारण बन्दाबन्दी हँुदा करिब एक महिना अघिदेखि बन्द रहेको करिडोरको काम पुनः सुरु भएको छ’’, कर्णाली करिडोर सडक निर्माण कार्य दलका आयोजना प्रमुख इन्जिनियर एवं सेनानी मिलन कार्कीले भने ।
रोकिएको काम सुचारु भएको भन्दै ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले खुसी व्यक्त गरे । ‘‘अब करिडोरको कवाडीदेखि सलिसल्ला खण्डको काम निर्धा्रित मितिमा सम्पन्न हुने आशा पलायो’’, उनले खुसी हुुँदै भने ।
नेपाली सेनाले काम अगाडि बढाउन कामदार पठाउन गाउँपालिकासँग सहयोग मागेको र त्यही अनुसार गाउँपालिकाले कामदार पठाएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने