युएईमा एक नेपालीको मृत्यु
सोमबार, १५ वैशाख २०७७, १७ : ५७

वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएई आएका एक नेपालीको मृत्यु भएको छ।
ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी,३ मोरङ ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो।
केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरे।
उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ।
नाै वर्ष पहिले वैदशिक रोजगारीका लागि युएई आएका पराजुलीका श्रीमती र २ छोरा रहेका छन्। २ छोरा पनि वैदेशिक रोजगारमा रहेका बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा