प्रचण्डसँगको भेटपछि झलनाथ खनालले भने–कोटेश्वरको छलफल औचित्यहीन
काठमाडौं । अध्यादेश प्रकरणसँगै बढेको विवाद र ध्रुवीकरणका बीच नेकपाका शीर्ष नेताहरूबीच भएका संवादहरुबाट तत्कालै समस्याको समाधान हुने सम्भावना कम हुँदै गएको संकेत देखिन थालेको छ ।
सोमबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफललगत्तै ओली र नेपाल समूहका दोस्रो तहका नेताहरु नेता नेपालको कोटेश्वरस्थित घरमा छलफलमा जुटेका छन् ।
तर ओली पक्ष र नेपालपक्षबीच भएका ती छलफलमा प्रचण्ड र झलनाथ खनालसँग कुनै छलफल नगरिएको बुझिएको छ ।
कोटेश्वरमा दुईपक्षबीच छलफल भइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का बरिष्ठ नेता झलनाथ खनालबीच खुमलटारमा २ घण्टा छलफल भयो । प्रचण्ड र खनालबीच पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल भएको नेता खनालले बताए ।
तर उनले कोटेश्वरमा ओली र नेपाल पक्षका नेताहरुबीचको छलफललाई औचित्यहीनको संज्ञा दिए । ‘त्यो छलफल औचित्यहीन छ,’ नेता खनालले प्रचण्डसँगको भेटपछि रातोपाटीसँग भने,‘ चाडोभन्दा चाडो सचिवालय बोलाउनुस् । त्यसपछि स्थायी समिति बैठक बोलाउनुस् र सवै समस्या पार्टीको विधि र प्रक्रियाबाट टुंगो लगाउनुस् भनेर मैले भनेको छु ।’ उनले कोठामा बसेर र चोचोमोचो मिलाएर गरिएका छलफको कुनै अर्थ छैन ।
‘ विधिसम्मत ढंगले पार्टीका संस्थागत निकायमा बसेर, छलफल गरेर, ठोस निष्कर्ष निकालेर पार्टीलाई अग्रगामी दिशामा अगाडि बढाउनुपर्छ’, खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण