बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डसँगको भेटपछि झलनाथ खनालले भने–कोटेश्वरको छलफल औचित्यहीन

सोमबार, १५ वैशाख २०७७, १७ : ३८
सोमबार, १५ वैशाख २०७७

काठमाडौं । अध्यादेश प्रकरणसँगै बढेको विवाद र ध्रुवीकरणका बीच नेकपाका शीर्ष नेताहरूबीच भएका संवादहरुबाट तत्कालै समस्याको समाधान हुने सम्भावना कम हुँदै गएको संकेत देखिन थालेको छ । 

सोमबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफललगत्तै ओली र नेपाल समूहका दोस्रो तहका नेताहरु नेता नेपालको कोटेश्वरस्थित घरमा छलफलमा जुटेका छन् । 

तर ओली पक्ष र नेपालपक्षबीच भएका ती छलफलमा प्रचण्ड र झलनाथ खनालसँग कुनै छलफल नगरिएको बुझिएको छ । 

कोटेश्वरमा दुईपक्षबीच छलफल भइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का बरिष्ठ नेता झलनाथ खनालबीच खुमलटारमा २ घण्टा छलफल भयो । प्रचण्ड र खनालबीच पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल भएको नेता खनालले बताए । 

तर उनले कोटेश्वरमा ओली र नेपाल पक्षका नेताहरुबीचको छलफललाई औचित्यहीनको संज्ञा दिए । ‘त्यो छलफल औचित्यहीन छ,’ नेता खनालले प्रचण्डसँगको भेटपछि रातोपाटीसँग भने,‘ चाडोभन्दा चाडो सचिवालय बोलाउनुस् । त्यसपछि स्थायी समिति बैठक बोलाउनुस् र सवै समस्या पार्टीको विधि र प्रक्रियाबाट  टुंगो लगाउनुस् भनेर मैले भनेको छु ।’ उनले कोठामा बसेर र चोचोमोचो मिलाएर गरिएका छलफको कुनै अर्थ छैन । 
‘ विधिसम्मत ढंगले पार्टीका संस्थागत निकायमा बसेर, छलफल गरेर, ठोस निष्कर्ष निकालेर पार्टीलाई अग्रगामी दिशामा अगाडि बढाउनुपर्छ’, खनालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप