बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

लकडाउनकै बीच सिटौलाले गराए छोरोका बिहे, बिहे खर्च राहत कोषलाई

सोमबार, १५ वैशाख २०७७, १५ : ५९
सोमबार, १५ वैशाख २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लकडाउनका बीच सामाजिक दूरी कायम गरी  छोराको बिहे सम्पन्न गराएका छन् ।
आइतबार झापा बिर्तामोडकी मनिषा विमलीसँग सिटौलाका छोरा श्यामप्रसाद सिटौलाको बिहे भएको हो ।

सिटौलाका अनुसार तीन महिनाअघि नै बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरिएको हो ।

छोरोका विहेका लागि बैशाख १२ गते उनी काठमाडौंबाट गृहजिल्ला झापा भएको थिए ।

लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरिएको सिटौलाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको र दुलहीका घरमा पनि १० जनामात्रै भेला भएका थिए।

जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर लगाइएको थियो।

सिटौलाले छोरोको बिहे खर्चवापतको रकम आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहको कोरोना राहत कोषलाई हस्तान्तरण गरेका बताए ।

झापाका विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका र हल्दिवारी गाउँपालिकालाई समग्रमा पाँच लाख राहत रकम दिइएको उनले बताए ।

यता नेविसंघका पूर्वमहामन्त्री कुन्दराज काफ्लेले पनि लकडाउनकै बीच बिहे गरेका छन् ।


दोलखा स्थायी घर भएका आफ्ले र मेनुका अधिकारीबीच आइबार बिहे भएको थियो । उनीहरुले पनि बिहे खर्च बापतको २ लाख रकम नेपाल सरकारको कोरोना राहत कोषमा जम्मा गरेका हुन् ।

सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत कोरोना राहत कोषमा काफ्ले दम्पत्तिले दुई लाख  हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप