शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काममा फर्किँदै बेलायतका प्रधानमन्त्रीले भने, ‘लकडाउन कहिले खुल्छ भन्न सक्दिनँ’

सोमबार, १५ वैशाख २०७७, १५ : ०२
सोमबार, १५ वैशाख २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको संक्रमणको सन्दर्भमा बेलायत अझै ‘उच्च जोखिम’ को विन्दुमा रहेको बताएका छन् ।

आफै कोरोनाभाइरसबाट संक्रमित भएर स्वस्थ बनेपछिको पहिलो सार्वजनिक कार्यक्रममा जोनसनले लकडाउनलाई हतारमा चाँडै हटाएर बेलायती जनताको बलिदानलाई त्यतिकै खेर फाल्न नदिने बताएका हुन् ।

‘मलाई थाहा छ यो कठिन छ । म पनि अर्थतन्त्रलाई चाँडोभन्दा चाँडो चलायमान बनाउन चाहन्छु,’ उनले भने, ‘तर, म बेलायती जनताको बलिदानलाई खेर फालेर दोस्रो लहरको जोखिम मोल्न अस्वीकार गर्छु ।’

जोनसनले लकडाउनको नीति कहिले र कति चाँडो परिवर्तन हुन्छ भन्ने कुरा अहिले नै सरकारले यकिन गर्न नसक्ने स्पष्ट पारे ।

‘हामी अहिले नै कति चाँडो वा ढिलो वा कहिले ती परिवर्तन गरिनेछ भनेर भन्न सक्दैनौँ,’ उनले भने ।

लकडाउनका प्रतिबन्ध हटाउनुपर्ने नयाँ रणनीति तय गर्न दबाब बढिरहँदा सोमबारदेखि जोनसन काममा फर्किएका हुन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप