शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिजुलीका तार भूमिगत गर्नका लागि यसरी हुँदैछ काम (तस्बिरहरु)

सोमबार, १५ वैशाख २०७७, १३ : ३२
सोमबार, १५ वैशाख २०७७

काठमाडौं । सोमबार बिहान मजदुरहरु कोही कोही घमाधम खन्दै थिए । कोही मेसिन चलाउँदै थिए त कोही प्राविधिक विषयको नापजाँच गर्दै थिए । 

यो दृश्य चाबहिल क्षेत्रको हो । जहाँ धमाधम बिजुलीका तार भूमिगत गर्नका लागि काम भइरहेको थियो । 

सरकारी निर्णयअनुसार नेपाल विद्युत प्राधिकरणले केही समयअघिदेखि राजधानीमा बिजुलीका तारलाई भूमिगत गराउने कार्य गरिरहेको छ । 

पोलमा टाँगिएका तारले शहरलाई कुरुप बनाउनुका साथै विभिन्न समस्या समेत उत्पन्न भएपछि तार भूमिगत  गर्ने कार्य थालिएको हो । सो कार्य मुलुकमा कोरोनाको त्रासका कारण लकडाउन हुँदापनि आवश्यक स्वास्थ्य सजगता अपनाएर भइरहेको छ । 

 प्राधिकरणले उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदुढीकरण र स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा सुरुवात गरेको हो। यी दुई क्षेत्रका लागि २०१९ मार्चमा केईआई इन्डस्ट्रिजसँग २०२१ अक्टोबरमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। एसियाली विकास बैंकको सहुलीयत पूर्णऋण र सरकार तथा विद्युत् प्राधिकरणको लगानीमा आयोजना सञ्चालन गरिएको हो।

तस्बिरहरु हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप