मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लाठी प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

सोमबार, १५ वैशाख २०७७, १३ : १५
सोमबार, १५ वैशाख २०७७

रुपन्देही । लाठी प्रहार गरी मायादेबी गाउँपालिका-१ धमौली बस्ने ४० वर्षीय राम नेवास लोधको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ५९ वर्षीय प्रमेश्वर धोबी र ३० वर्षीय राजमन लोध भन्ने केदार लोध रहेका छन् । सामान्य विवादको क्रममा उनीहरुले लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राम नेवासको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले प्रमेश्वर र केदारलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप