मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा उपचार गरी घर फर्कनेको संख्या १०७ पुग्यो

सोमबार, १५ वैशाख २०७७, ११ : ३९
सोमबार, १५ वैशाख २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा आइसोलसनमा उपचार गरी घर फर्कनेको संख्या १ सय ७ पुगेको छ ।

विभिन्न अस्पतालमा कोरोना आशंकामा उनीहरुलाई आइसोलेसनमा भर्ना गरी उपचार गरिएको थियो ।

भर्ना भएका ११४ जनामध्ये १०७ जना निको भई घर गएका छन् भने अझै ७ जनाको भने उपचार भई रहेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले  कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा जनाएको हो ।

उपचार गराईरहेका ७ जनाको अवस्था सामान्य नै रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । 

त्यसैगरी, आरडीटी परिक्षणबाट पोजेटिभ आएका १० जनामा पिसिआर गर्दा ९ जनाको  रिपोर्ट  पनि नेगेटिभ आएको उनले बताए । 

सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट संकलन गरिएको आरडीटी परिक्षण गर्दा  १० जनामा कोभिड १९ को पोजिटिभ देखाएको  थियो जसमध्ये पिसिआरबाट ९ मा नेगेटिभ छ र १ जनाको  रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।  

हालसम्म प्रदेशमा आरडीटीबाट ११९६३ जनामा परिक्षण गरिएको मध्ये ११९५१ जनामा नेगेटिभ रिपोर्ट आएको  स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

आरडीटी परिक्षणबाट गएको २४ घण्टामा ७८९ आरडीटी परिक्षण गरेको र सवैको नेगेटिभ रिपोर्ट आएको उनले बताए ।

अझै प्रदेशमा ६९०२ आरडिटी किट स्टक रहेको जनाइएको छ । हाल सम्म पिसिआरबाट २७५० जनाको स्वाव नमुना संकलन गरेको र  २७४९ जनामा जाँच गरेको उनले बताए ।

२७४४ जनाको रिपोट नेगटिभ आएको छ  । पिसिआर मेसिनबाट दैनिक स्वाब नमुनाको परिक्षण भइरहेको उनले बताए । १४३४ जना क्वारेन्टाईनमा  बसेका छन । ती मध्ये १२३५ जना पुरुष र  १९९ जना महिला रहेको जनाइएको छ । 

सेतीप्रादेशिक अस्पतालको आइसोलेसनमा  संक्रमित १ जना को उपचार भइरहेको र उनको स्वास्थ्य अबस्था पनि सामान्य नै रहेको जनाएको छ । यस अघि ४ जना संक्रमित निको भएर घर गई सकेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप