मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नाङ्गो खुट्टा र सस्तो जुत्तामा एडिडास लेखेर दौडने युवती, कम्पनीले बनाउँछ आज उनकै नामको जुत्ता

सोमबार, १५ वैशाख २०७७, १० : ३८
सोमबार, १५ वैशाख २०७७

भारतीय धाविका हिमा दासले आइतबार नयाँ खुलासा गरेकी छिन् कि करियरको सुरुवाती समय उनी साधारण जुत्तामा आफ्नो हातले एडिडास लेखेर लगाउने गर्थिंन् ।

तर अहिले कम्पनी आफैंले उनको आवश्यकता अनुसार जुत्ता तायर गर्छ, जहाँ उनको नाम लेखिएको हुन्छ । 

हिमाले क्रिकेटर सुरेश रैनासँग इन्स्टाग्राममा लाइभ च्याट गर्दै यस्तो बताइन् । उनका अनुसार सुरुमा उनी नाङ्गै खुट्टा दौडन्थिन् । जब पहिलो पटक नेशनल्समा भाग लिदैं थिइन्, तब पिताले उनका लागि साधारण स्पाइक्सवाला जुत्ता किनिदिए । 

यी जुत्तामा उनी आफैले हातले एडिडास लेखेकी थिइन् । ‘तपाईंलाई कहिल्यै थाहा हुँदैन कि भविष्यमा भाग्य कस्तो हुन्छ, आज यही ब्रान्डले मेरो नामको जुत्ता बनाउँछ,’ उनले भनिन् । 

हिमाले फिनल्यान्डमा २०१८ मा भएको यु–२० वल्र्ड च्याम्पियनसिपमा ४ सय मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनी यस प्रतिस्पर्धामा स्वर्ण जित्ने पहिलो भारतीय हुन् ।

यसपछि जर्मनीमा जुत्ता बनाउने एडिडास कम्पनीले उनलाई आफ्नो ब्रान्ड एम्बेसडर बनायो । कम्पनीले उनको आवश्यकताको हिसाबमा जुत्ता बनायो, जहाँ एकतर्फ उनको नाम र अर्कोतर्फ ‘इतिहास रच्नुस्’ लेखिएको छ । 

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप