सङ्क्रमित फेला परेका मस्जिद आसपास बस्नेको स्वाब सङ्कलन

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ ।
नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत डम्बरप्रसाद गुप्ताले बताए ।
क्वारेन्टाइनमा बसेका नौ जना भारतबाट आएका स्थानीयवासी हुन् । क्वारेन्टाइनमा रहेका बाँकी २२ जनाको आइतबार आरडिटी गरिएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन तीव्र बनाएको छ ।
शनिबार सप्तरीको बोदे बर्साइनबाट १६१ को स्वाब सङ्कलन गरिएको थियो । कञ्चनरुपमा स्वाब सङ्कलन गरेपछि विज्ञ प्राविधिकको टोली स्वाब सङ्कलन गर्न सप्तकोशी नगरपालिका–१ फत्तेपुर पुगेको छ ।
उदयपुरको सीमामा रहेको फत्तेपुरमा १०० को स्वाब सङ्कलन गर्ने लक्ष्य रहेको टोलीमा सहभागी महाशाखाका फणीन्द्र ज्ञवालीले जानकारी दिए ।
यसअघि सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २ र ४ मा १७१, कञ्चनरुप नगरपालिका २ र १२ मा ६६ को आरडिटी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि