उत्तरकोरियाली नेता किम जीवितै छन्: दक्षिण कोरिया
एजेन्सी । दक्षिण कोरियाले उत्तकोरियाली सर्वोच्च नेता किम जोङ उन जीवतै र राम्रो अवस्थामा रहनुभएको दाबी गरेको छ । केही दिनअघि देखि किमको स्वास्थ्य अवस्थाका बारेमा संसारभर चलेका विभिन्न अफवाहका बीच दक्षिण कोरियाले आइतबार उनको अवस्था राम्रो रहेको जानकारी दिएको हो ।
सिएनएनसँगको कुराकानीका क्रममा दक्षिण कोरियाका राष्ट्रपतिका विदेश मामिला सल्लाहकार मुन चुङ इनले यो विषयमा आफुहरुको दृढ विश्वास रहेको बताए । ‘किम जोङ जीवित र स्वस्थ छन् । उनी अप्रिल १३ देखि उत्तरकोरियाको वोनसन क्षेत्रमा बसिरहेको भन्ने छ ।’
किम गत अप्रिल १५ मा हजुरबुबा तथा उत्तरकोरियाका राष्ट्रपिता किमइल सुङको जन्मजयन्ती कार्यक्रममा उपस्थित नभएपछि संसारभर विभिन्न अड्कलहरु कटिएको थियो । कतिपय सञ्चारमाध्याहरुमा अफवाह फैलाउने खालका समाचारहरु समेत आएका थिए । सिएएनले नै एकहप्ता अघि अमेरिकी गुप्तचर अधिकारीहरुको भनाईलाई उदृत गर्दै किमको शल्यक्रिया भएको र उनको अवस्था गम्भीर हुँदै गएको भन्दै समाचार लेखेको थियो ।
धेरै सञ्चारमाध्याहरुले दक्षिण कोरियाबाट सञ्चालित हुँदै आएको अनलाई न्युज पोर्टल डेली एनकेको रिपोर्टलाई उदृत गर्दै किमले अत्याधिक धुम्रपान गर्ने गरेको र उनको शारीरिक बनाउवट पनि निकै मोटो भएकोले स्थिति गम्भीर हुनसक्ने भन्दै समाचार प्रकाशित गरेका थिए । डेली एनकेले सोही आधारमा रिपोर्ट बनाएको थियो ।
आइतबार उत्तरकोरियाको सरकारी मुखपत्र रोडोङ सिनमुनले नेता किमले सामजियोन शहरमा निर्माणको कामको अवलोकन गर्नुभएको र काम गरिरहेका मजदुरहरुलाई धन्यवाद दिनुभएको बताएको छ । तर सिएनएनले यस रिपोर्टबारे सत्यता पुष्टि गर्न नसकिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण