कोटेश्वरको निश्कर्ष : बैठक टार्न पाइँदैन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट स्थायी समिति सदस्यहरुले स्थायी समितिको बैठक टार्न नपाइने भन्दै तत्काल बैठक बोलाउन नेतृत्वलाई दवाव दिन सुझाव दिएका छन् ।
उनीहरुले यो वा त्यो बहानामा नेतृत्वले बैठक नबोलाएर टार्न लागेकाले दवाव दिनुपरेको समेत बताएका छन् ।
आइतबार नेता नेपालको निवासमा भेला भएका स्थायी समिति सदस्यहरुले तत्काल सचिवालय बैठक राखेर त्यसमार्फत स्थायी समिति बैठक बोलाउनुको विकल्प नभएको बताएका हुन् ।
‘जतिसक्दो चाँडो बैठक बोलाउने काम गर्नुस् भनेर हामीले सुझाव दियौ । विधान त बैठक बोलाउने समय पनि भैसकेको छ । हामीले लिखित पनि दिएका छौं । त्यसवारे के कस्तो छलफल भइरहेको छ भनेर कुराकानी गर्यौ’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘बैठकको विकल्प नै छैन ।’
उनीहरुले लिखित रुपमा बैठकको माग गर्दा समेत सुनुवाई नभएको भन्दै आपत्ति जनाएका थिए । अर्का नेता बेदुराम भुषालले बैठकको विकल्प नै नभएकाले बैठक राख्न सुझाव दिएको बताए ।
‘पार्टी र सरकारको सम्बन्धलाई लिएर बाहिर आएका समाचारहरु के हुन् ? कोरोना संक्रमणका विरुद्ध कसरी सिंगो पार्टी एकताबद्ध ढंगले परिचालन गर्नेलगायतका विषयमा छलफल गर्न पनि बैठक आवाश्यक छ । त्यसैले बैठक टार्न पाइँदैन भन्यौ’, नेता भुषालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण