शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरको निश्कर्ष : बैठक टार्न पाइँदैन

आइतबार, १४ वैशाख २०७७, २० : ४९
आइतबार, १४ वैशाख २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट स्थायी समिति सदस्यहरुले स्थायी समितिको बैठक टार्न नपाइने भन्दै तत्काल बैठक बोलाउन नेतृत्वलाई दवाव दिन सुझाव दिएका छन् । 

उनीहरुले यो वा त्यो बहानामा नेतृत्वले बैठक नबोलाएर टार्न लागेकाले दवाव दिनुपरेको समेत बताएका छन् । 

आइतबार नेता नेपालको निवासमा भेला भएका स्थायी समिति सदस्यहरुले तत्काल सचिवालय बैठक राखेर त्यसमार्फत स्थायी समिति बैठक बोलाउनुको विकल्प नभएको बताएका हुन् ।

‘जतिसक्दो चाँडो बैठक बोलाउने काम गर्नुस् भनेर हामीले सुझाव दियौ ।  विधान त बैठक बोलाउने समय पनि भैसकेको छ । हामीले लिखित पनि दिएका छौं । त्यसवारे के कस्तो छलफल भइरहेको छ भनेर कुराकानी गर्यौ’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘बैठकको विकल्प नै छैन ।’ 

उनीहरुले लिखित रुपमा बैठकको माग गर्दा समेत सुनुवाई नभएको भन्दै आपत्ति जनाएका थिए । अर्का नेता बेदुराम भुषालले बैठकको विकल्प नै नभएकाले बैठक राख्न सुझाव दिएको बताए ।

‘पार्टी र सरकारको सम्बन्धलाई लिएर बाहिर आएका समाचारहरु के हुन् ? कोरोना संक्रमणका विरुद्ध कसरी सिंगो पार्टी एकताबद्ध ढंगले परिचालन गर्नेलगायतका विषयमा छलफल गर्न पनि बैठक आवाश्यक छ । त्यसैले बैठक टार्न पाइँदैन भन्यौ’, नेता भुषालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप