केन्द्रीय संस्करण

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङद्वारा  ३ करोड सहयोग

person explore access_timeबैशाख १४, २०७७ chat_bubble_outline0

अस्ट्रेलिया । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा  नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले दम्पतीको  एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित  एमआईटी ग्रुप फाउण्डेसन  प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

शेष घलेको फेसबुकपेजबाट   भनेका छन्,'हामीलाई थाहा छ कि हामीले आज दान गरेको फण्ड समुद्रमा खसेको एक थोपा  हो तर यो नेपालमा कोरोनाभाइरस फैलिनबाट रोक्नको लागि  नेपाल सरकारलाई सहयोग र प्रोत्साहित गर्ने सद्भावनाको संकेत पनि हो ।'
 
प्रेस बक्तब्य मार्फत उद्यमी घलेले यात्रामा भइरहेको अवरोधका कारण आफू स्वयं उपस्थित हुन नसकेको भन्दै प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गरेको जानकारी दिए ।

फाउण्डेसनका अध्यक्ष शेष घलेले भने, ‘आशा छ यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने छ ।’

थप जानकारी दिँदै भनिएको छ,'यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो।'


अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरेको गरे ।

त्यसैगरी देश तथा देशवासीहरुको हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने समेत अध्यक्ष घलेले बताएको उल्लेख छ  ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.