शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन बेला दलितमाथि हुने विभेदबारे हुन थाल्यो सर्वेक्षण

आइतबार, १४ वैशाख २०७७, १९ : २०
आइतबार, १४ वैशाख २०७७

अस्ट्रेलिया  । कोरोना भाइरसको  महामारीको  कारण  दलित समुदायले  जातिय विभेदको सामना गर्नुपरेको समाचार सार्वजनिक भएको भन्दै तथ्यांक संकलनको लागि संक्षिप्त सर्वेक्षण सुरु गरिएको  छ।

अनुसन्धान र विकास सेवाले कोरोना भाइरस र यसबाट उत्पन्न प्रतिकुल अवस्थामा दलित समुदायले  भोग्नु परेको जातीय भेदभावले कस्तो  असर पारेको छ र  त्यस्को सत्यतथ्य जानकारी लिएर सरकारलाई सचेत गराउने उद्देश्यले  संक्षिप्त अनलाइन सर्वेक्षण शुरु गरिएको  हो  ।

कोरोना भाइरसले प्रत्यक्ष रूपमा नेपाल लगायत विश्वभरीका मानव  सबैलाई  प्रभाव पारिरहेको छ र   निरन्तर लम्बिएको  लकडाउनले दलित, दैनिक ज्याला, मजदुरी गर्ने तथा अति गरिब समुदायको दैनिकीमा प्रतिकुल असर परेको देखिन्छ ।

यस्तो विषम परिस्थितिमा पनि  छुवाछुत तथा भेदभावको घटना सार्वजनिक हुनु अत्यन्तै   गम्भीर स्थिति रहेको संस्थाले जनाएको छ । अनुसन्धान र विकास सेवाका अनुसार यो अध्ययनको निष्कर्ष नेपाल सरकारलाई पेश गर्ने जर्नल लेख वा प्रतिवेदनको रुपमा प्रकाशित  गर्ने  र तथ्यमा आधारित रहेर जनवकालत गर्न समेत प्रयोग हुने संस्थाले बताएको छ ।

यो अनलाइन सर्वेक्षणमा भाग लिने सबै उत्तरदाताको परिचिय गोप्य रहने छ भने कुनै उत्तरदाताको अभिव्यक्ति राख्नै पर्ने देखिएमा स्वीकृति लिएर राखिने छ । लेख पढ गर्न असमर्थ भएका सहभागीको हकमा  अन्य लेख पढ गर्न सक्ने  व्यक्तिको सहयोगमा यो फारम भर्न सकिने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप