शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्योङयाङमै छ निजी जहाज, कहाँ छन् किम जोङ ?

आइतबार, १४ वैशाख २०७७, १८ : १७
आइतबार, १४ वैशाख २०७७

पछिल्ला दिन उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सार्वजनिक कार्यक्रम देखिएका छैनन् । न सरकारी मिडिया, न विज्ञप्तिमा नै उनको नाम उल्लेख भएको छ । बरु, उनको स्वास्थ्य अवस्थाबारे अनेक हल्ला फैलिएका छन् । 

२०११ मा आफ्ना पिताको निधन भएयता किम सर्वोच्च नेता छन् । ३६ किमबारे पछिल्लो समय धेरै हल्लाहरु चलेका छन् । 

कसैले यी विवादास्पद नेता कोरोना भाइरसको डरले आइशोलेसनमा बसेको अनुमान लगाएका छन् । कसैले उनी गम्भीर रोग वा चोटग्रस्त रहेको शंका गरेका छन् । 

सामाजिक सञ्जालमा ह्यासट्याग ‘किम जोङ उन डेड’ ट्रेन्डिङमा छ, तर यस्तो हल्लाबारे विश्वसनीय रिपोर्ट सार्वजनिक भएको छैन ।

यसअघि २०१४ मा पनि उनी १ महिनाभन्दा लामो समय मिडियाबाट गायब भएका थिए । त्यसपछि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले वैशाखी टेकेर हिडिंरहेको फुटेज सार्वजनिक गरेको थियो ।

यसै साता अमेरिकाको वासिङटन डिसीबाट उत्तर कोरियाको निगरानी गर्ने परियोजना ३८ नर्थले उनको देशको रिसोर्ट टाउनमा भेटिएको एउटा रेलबारे स्याटेलाइट फोटो रिभ्यु ग¥यो, यो रेल किमको हुनसक्ने अनुमान गरिएको छ ।

शनिबार ३८ नर्थ समूहले सार्वजनिक गरेको रिपोर्टमा यो रेल वन्सानस्थित किम परिवारको प्रयोगका लागि रिजर्भ गरिएको ‘लिडरसिप स्टेशन’ मा २१ अप्रिल र २३ अप्रिलमा पार्क गरिएको जनाएको छ । २ करोड ५० लाख जनसंख्या रहेको र बाँकी दुनियाँका लागि गोप्य रहेको देशका नेताबारे अलजजिराले बुझ्न खोजेको छ ।

अन्तिमपटक कहाँ देखिएका थिए ?

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले पछिल्लो पटक किमबारे अप्रिल ११ मा समाचार दिएको थियो, उनले बैठकको अध्यक्षता गरेका थिए ।

४ दिनपछि अर्थात १५ अप्रिलमा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका राष्ट्रपिता किम दोस्रो सुङको जन्मजयन्तीमा आयोजित समारोहमा उनी अनुपस्थित थिए । 

दक्षिण कोरियाको सिजोङ इन्सिच्युटस्थित सेन्टर फर नर्थ कोरियन स्टडिजका निर्देशक चियोङ सिओङ चानका अनुसार किमले आफ्ना हजुरबुबाको जन्मजयन्तीमा उनको स्मारकमा किम नपुग्ने कल्पना नै गरिएको थिएन । 

यद्यपी, गत शनिबार उत्तर कोरियाको आधिकारीक न्युज एजेन्सी केसीएनएले कम्युनिष्ट पार्टी अफ रसियन फेडेरेशनका केन्द्रीय कमिटी अध्यक्षले पठाएको शुभकामना सन्देश किमले प्राप्त गरेको जनाएको छ, किम र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबीच सम्मेलन भएको पहिलो वर्षगाँठका अवसरमा यो सन्देश पठाइएको थियो । 

रिपोर्टमा के आएको छ ?
उत्तर कोरियाबारे रिर्पोटिङ गर्ने सिओलस्थित वेवसाइट डेली एनकेले गत सोमबार एक गोप्य स्रोतको हवाला दिदैं राजधानी प्योङयाङबाट उत्तरतर्फ रहेको रिसोर्ट काउन्टी अफ ह्याङसानमा किमले उपचार गराएको समाचार सार्वजनि गरेको थियो । १२ अप्रिलमा कार्डियो भास्कुलर उपचार गरेपछि किमको अवस्था सुध्रदैं गएको समाचारमा उल्लेख थियो । अत्याधिक धुम्रपान, मोटोपना र थकानका कारण यस्तो समस्या देखिएको समाचारमा उल्लेख थियो । 

लगत्तै सीएनएनले घटनाबारे जानकार अमेरिकी अधिकारीको हावाला दिदैं किम खतरापूर्ण अवस्थामा रहेको जनाएको थियो । तर दक्षिण कोरियाल सरकारको स्रोतलाई हवाला दिदैं रोयटर्स न्युज एजेन्सीले तयार गरेको समाचारले यसलाई खण्डन गरेको थियो । 

रोयटर्सले घटनाबारे जानकार तीन व्यक्तीलाई उद्धृत गर्दै चीनले किम उन जोङको उपचारमा सहयोग पु¥याउन विज्ञ चिकित्सकसहितको टोली पठाएको उल्लेख थियो । 
यस न्युज एजेन्सीले अमेरिकी प्रशासनकै अधिकारीको भनाई राखेर उत्तर कोरयाली मिडिया किमबारे चुप भएकाले उनको अवस्थाबारे सबैलाई चासो लागेको पनि जनाएको थियो । 

एनके डेलीको रिपोर्टयता दक्षिण कोरिया धेरै सञ्चारमाध्यमले गोप्य स्रोतको हावाला दिदैं किम वोन्सान इलाकामै बसेको हुनसक्ने समाचार प्रकाशित गरेका छन् । शुक्रबार दक्षिण कोरियाको स्थानीय समाचार एजेन्सी न्युसीसले उत्तर कोरियाली गुप्तचर स्रोतको हावाला दिदैं किमले प्रयोग गर्ने विशेष रेल वन्सानमा देखिएको समाचार सार्वजनिक गरेको छ । 
किमको निजी विमान भने प्योङयाङमै छ । न्युजसीसले किम कोभीड–१९ बाट बच्नका लागि एक्लिएको हुनसक्ने जनाएको छ । 
अमेरिकाले के भन्यो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम बिरामी भएको खबर झुठो हुनसक्ने संकेत गरेका थिए । ‘मलाई लाग्छ यो खबर झुठो थियो,’ उनले सञ्चारकर्मीसँग भने । तर, आफु उत्तर कोरियाली अधिकारीहरुसँग सम्पर्कमा रहे÷ नरहेको विषयमा बताउन चाहेनन् । 

किमलाई परमाणु निशस्त्रीकरणको बाटो लैजाने प्रयासका लागि ट्रम्पले उनीसँग तीनपटक भेटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप