शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले तिर्‍यो २६ अर्ब ९७ करोड  आन्तरिक ऋण

आइतबार, १४ वैशाख २०७७, १७ : २१
आइतबार, १४ वैशाख २०७७

सरकारले बैशाख ८ गतेसम्म २६ अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण तिरेको छ । २४ अर्ब ५७ करोड ४८ लाख बराबरको ट्रेजरी बिल र  २ अर्ब ४० करोड बराबरको आन्तरिक ऋणपत्र तिरेको हो ।

 हालसम्म सरकारलाई ५ खर्ब १५ अर्ब ९९ करोड ७१ लख आन्तरिक ऋण रहेको छ । 

जसमा १ खर्ब ४७ अर्ब २१ करोड ८१ लख बराबरको ट्रेजरी बिल , ३ खर्ब ५९ अर्ब ९४ करोड ७० लाख बराबरको विकास ऋणपत्र, ८ अर्ब ३७ करोड ६२ लाख बराबरको नागरिक बचतपत्र तथा ४५ करोड ५८ लाख बराबरको वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा २०७७ बैशाख ८ गतेसम्म २५ अर्ब बराबरको ट्रेजरी बिल, ६५ अर्ब बराबरको विकास ऋणपत्र र ४२ लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल ९० अर्ब ४२ लाख २० हजार रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको राष्ट्र  बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप