सर्वेन्द्र खनालसहित नेकपाका दुई सांसदविरुद्ध उजुरी दिन जसपाका नेताहरु प्रहरीमा पुग्दा जे देखियो (तस्बिरहरु)
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत, उजुरी दिन आइतबार परिसर पुगेका हुन् ।
खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका छन् । यस्तै नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमीलगायत पनि देखिएका छन् ।
गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।
यता पार्टी फुटका लागि सांसदनै अपहरणमा परेपछि बुधबार राति नै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको थियो ।
उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्दकसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण