सर्वेन्द्र खनालसहित नेकपाका दुई सांसदविरुद्ध उजुरी दिन जसपाका नेताहरु प्रहरीमा पुग्दा जे देखियो (तस्बिरहरु)

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत, उजुरी दिन आइतबार परिसर पुगेका हुन् ।
खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका छन् । यस्तै नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमीलगायत पनि देखिएका छन् ।
गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।
यता पार्टी फुटका लागि सांसदनै अपहरणमा परेपछि बुधबार राति नै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको थियो ।
उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्दकसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला विश्वकप आयोजनामा इङ्ल्यान्डसहित चार राष्ट्रको संयुक्त दाबी
-
१५ औँ महाधिवेशनमा कांग्रेसको संस्थापन समूह ‘इन्ट्याक्ट’ रहला ?
-
मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु
-
माओवादी अभियान : अध्यक्ष प्रचण्डसहितको टोली आज सर्लाही प्रवेश गर्दै
-
बुढानीलकण्ठमा भेला भएकाहरू महाधिवेशनमा एकै ठाउँ रहँदैनन्
-
कराँते महासंघको वार्षिक साधारणसभा बाराको निजगढमा