पूर्वआईजीपी सर्वेन्द्र खनाललगायतविरुद्ध उजुरी दिन प्रहरीकहाँ पुगे नेताहरु

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत, उजुरी दिन आइतबार परिसर पुगेका हुन् ।
खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका छन् ।
गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।
यता पार्टी फुटका लागि सांसदनै अपहरणमा परेपछि बुधबार राति नै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
-
बाँकेमा धमाधम काम गर्दै भूमि आयोग
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास